कम्युनिष्ट सरकार अब डाइनोसर जस्तै लोप हुन्छ : कांग्रेस नेता रिजाल

बुटवल, मंगलबार माघ १४ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा। मिनेन्द्र रिजालले अहिलेको कम्युनिष्ट सरकार डाइनोसर जस्तैगरी लोप भएर जाने दाबी गरेका छन् ।

बुटवल जेसीजको ४५ औं पदस्थापन समारोहलाई आज साँझ सम्बोधन गर्दै नेता रिजालले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री हुँदादेखि नै विधि र प्रकृया मिच्दै आएको उल्लेख गर्दै सदनमा पनि दुई तिहाईको दम्भ देखाउनु दुर्भाग्य रहेको बताए ।

प्रधानमन्त्री हुनका लागि संसदको सदस्य अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि संसद सदस्यको रुपमा सपथ नलिँदै प्रधानमन्त्रीको सपथ लिएर संवैधानिक व्यवस्था कुल्चने काम गरेर विधि र प्रकृया मिच्न सुरुवात गरेको आरोप लगाए ।

सभामुखको भूमिका पार्टी निर्णय अनुसार काम गर्ने नभएको भन्दै उनले १ हजार ५ सयको हाराहारीमा रहेको नेप्से परिसूचक झरेर १ हजार २ सय भन्दा पनि कम भएको बताउँदै अहिले मुलुकमा लगानी गर्ने वातावरण छैन भन्ने पुष्टि भएको उल्लेख गरे ।Ratopati.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार