खवाङमा एक घर एक धारा

दरबाङ , शुक्रबार पौष २७ गते ।
म्याग्दीको दुर्गम गाउँ मालिका गाउँपालिका –२ रुम, खवाङमा एक घर एक धारा खानेपानी आयोजना निर्माण भएको छ । मालिका गाउँपालिका अन्तरगत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजना मार्फत पा–झिक्नेखोला खानेपानी तथा सरसफाई परियोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष दुर्गे पुन मगरले जानकारी दिनुभयो ।


उहाँका अनुसार रु छत्तिस लाख ७० हजार २८ लागतमा निर्माण भएको आयोजनाबाट ५५ घरधुरी लाभान्वित भएका छन् भन सामुदायिक विधालयमा एक सार्वजनिक धारा निर्माण गरिएको छ । फिनल्याड सरकार र गाउँपालिकाको अनुदान सहयोगमा स्थानीयबासीले श्रमदान गरेर आयोजना निर्माण गरेका हुन् ।


मिटर जडित निजी धारा निर्माण गरेर घरघरमा खानेपानी वितरण गरिएको हो । गाउँपालिकाकी उपाध्यक्ष खरमाया विटालुले खानेपानी आयोजना निर्माण नहुँदा यस अघि सार्वजनिक धारा, पँधेरा र मुहानको पानी उपभोग गर्दै आएका खवाङबासीलाई आयोजना निर्माण संगै सुबिधा र समयको बचत हुनेमा विस्वास व्यक्त गर्नुभयो ।


गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, वडा अध्यक्ष नरबहादुर पुन, परियोजनाका खानेपानी तथा सरसफाई विज्ञ चन्द्रभक्त बिष्ट ,उपभोक्ता समितिका अध्यक्ष पुन मगर लगायतको उपस्थितीमा आयोजनाको उद्घाटन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार