नगरपालिकाद्वारा तिम्ल्याह बच्चालाई आर्थिक सहयोग

साधन राम्जाली
बेनी, मंगलबार माघ ८ गते ।
बेनी नगरपालिकाले तिम्ल्याह बच्चाको पालणपोषणका लागि आर्थिक सहयोग गरेको छ । बेनी नगरपालिका ४ राक्से र वडा नं ७ मंगलाघाटका दुई परिवारका तीम्ल्याह बच्चाको पालनपोषणमा सघाउन नगरपालिकाले आर्थिक सहयोग गरेको हो ।


मंगलवार नगरपालिकाको कार्यालयमा मेयर हरिकुमार श्रेष्ठ,उपाध्यक्ष सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदी र प्रवक्ता तथा वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराईलीले तिम्ल्याह बच्चाका अभिभावक बेनी मंगलाघाटकी संझना पन्त बानियाँ र वडा नम्बर ४ राक्सेका केदार आचार्य(राजु) लाई जनही ३० हजार रुपियाँका दरले सहयोग हस्तान्तरण गर्नुभएको हो ।


नगरकार्यपालिकाको मंगलबार बसेको ३१ औं कार्यपालिका बैठकमा भएको निर्णय अनुसार दुईपरिवारका तिम्ल्याह बालबालिकाहरुको पालनपोषणमा सहयोग पु¥याउन उक्त रकम हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।
आर्थिक अभावका कारण तिम्ल्याह बालबालिकाको पालनपोषणमा समस्या परेको थियो । राक्सेकी सुनिताको एक बच्चाको उपचारका लागि अहिले सम्म २३ लाख रुपियाँ खर्च भइसकेको छ । आर्थिक समस्याका कारण पालपोषणमा सकस भएको आचार्य परिवारले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार