नेपाल मगर बिद्यार्थी संघ माउन्ट इकाई अध्यक्षमा शेरपुन्जा

समिर रोका मगर
बेनी, बुधबार माघ ९ गते ।
नेपाल मगर बिद्यार्थी संघ जिल्ला कार्य समिति म्याग्दीले संगठन बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । बुधबार सदरमुकाम बेनिबजार स्थित माउन्ट एभरेष्ट आवासीय मा.बिमा गठन भएको इकाई कमिटीको अध्यक्षमा सुमित्रा शेरपुन्जा मगर चयन हुनुभएको छ ।

कमिटीको उपाध्यक्षमा अनिश अर्मजा मगर, सचीवमा सोम रोका मगर , सहसचिवमा प्रतीक्षा पुन मगर, र कोषाध्यक्षमा अरुणा पुन मगर सहित १७ सदस्य कार्य समिति गठन गरिएको नेपाल मगर बिद्यार्थी संघ जिल्ला कार्य समिति म्याग्दिको सदस्य सोनिया पुन मगरले जानकारी दिनुभयो ।

नेपाल मगर बिद्यार्थी संघ म्याग्दीका अध्यक्ष श्याम थापा मगरले नयाँ कार्य समितिलाई बधाई दिंदै मगर भाषा, सस्कृतीलाई संरक्षण र बिकास गर्नमा बिद्यार्थीहरु लाग्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
त्यसैगरि कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका स्वबियु सदस्य रश्मि रोका मगरले मगर जातीको बिकासको लागि र सिङ्गो देश बिकासको लागि आजका युबाहरु अगाडी बढ्नुपर्ने तत्कालीन आबश्यक रहेको बताउनुभयो ।


नेपाल मगर बिद्यार्थी संघ जिल्ला कार्य समिति म्याग्दिका अध्यक्ष श्याम थापा मगरको अध्यक्षता, धौलागिरि क्षेत्रका सदस्य धन बहादुर रोका ( समीर) का, सञ्चालन र स्वबियु सदस्य रश्मि रोका मगरको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार