प्यावसन अध्यक्षमा पुनः सुवेदी

बेनी सोमबार माघ ७ गते । निजी तथा आवसीय विद्यालय अर्गनाईजेन नेपाल (प्यावसन) म्याग्दीको छैठौं जिल्ला अधिवेशनबाट लोकदीप आवसीय माध्यामिक विद्यालय बेनीका प्रबन्धक कृष्णप्रसाद सुवेदी पुनः अध्यक्षमा चयन हुनुभएको छ ।

अधिवेशनबाट अध्यक्ष सुवेदी संगै प्यावसनको उपाध्यक्षमा केवी एकेडेमी दरवाङका हिरा पुन पुन मगर , सचिवमा जनहित बोडीङ सहश्रधाराका श्रीराम पौडेल, सहसचिवमा तातोपानी एकेडेमीका कृष्ण खड्का, कोषाध्यक्षमा सनराईज एकेडेमी बरंजाका विरेन्द्र घर्ती निर्वाचित हुनुभएको छ ।

त्यसैगरी अधिवेशनबाट ओम पुन दरवाङ एकेडेमी, शुशिला तिलिजा अधिकारी भृकुटी सनसाईन एकेडेमी बाबियाचौर, याम थापा डनिङ बोडिङ स्कुल बाबियाचौर, न्यू वेष्ट वेष्ट पोईन्ट र लिटलगार्डेन एकेडेमीका प्रतिनिधि सदस्य रहनुभएको छ ।

राजकुमार थापा प्रमुख सल्लाहकार, राजु केसी बरिष्ठ सल्लाहकार र किरन सापकोटा सल्लाहकार चयन हुनुभएको छ । अध्यक्ष कृष्ण सुवेदीको अध्यक्षता, हिरा पुनको सञ्चालन र उपाध्यक्ष शिवकुमार श्रेष्ठको स्वागत तथा जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार