बेनीदेखी नारायणगढ जांदै गरेको बस मालढुंगामा दुर्घटना, तीनको मृत्यु धेरै घाइतेको संख्या ठुलो

पर्वत, बिहिबार माघ ०३ गते । पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढु¬ंगामा बस दुर्घटना हुदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ठुलो संख्यामा यात्रु घाइते भएका छन ।
म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान साढे ८ बजे दुर्घटना भएको हो । बस सडकबाट कालीगण्डकी किनारमा पुगेको छ ।


अहिले सम्म घटनास्थलमा ३ जनाको मृत्यु भएको छ भने घाइतेको संख्या एकिन नभएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पर्वत र बागलुङ्गबाट खटिएका सुरक्षाकर्मीले उद्दार गरिरहेका छन । घाइतेहरुलाई पोखरा, कुस्मा र बागलुङ्ग तर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । घटनाको थप बिबरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार