बेनी सामुदायिक माविमा १०० टोलीद्धारा भ्रमण

कर्णबहादुर खत्री
बेनी शनिबार पौष २८ गते । म्याग्दी सदरमुकाम बेनीबजार स्थित बेनी सामुदायिक माध्यमिक विद्यालयमा शनिबार १ सयौं टोलीले शैक्षिक अवलोकन भ्रमण गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयबाट शैक्षिक सत्र २०६९ मा विद्यालयलाई राष्ट्रकै सर्वोकृष्ट घोषणा भएपछि विभिन्न जिल्लाबाट शैक्षिक अवलोकनको लागि भ्रमण आउन थालिएको हो । ५ वर्षको अवधिमा १ सय वटा टोली भ्रमण गरेका छन् । शनिबार सिद्धबाबा माध्यमिक विद्यालय , रेसुङ्गा नगरपालिका—८,तम्घास, गुल्मिले १ सयौं टोलीको रुपमा भ्रमण गरेको छ ।

भ्रमण टोलीमा विव्यस अध्यक्ष तुल बहादुर थापा , प्रअ डोर विक्रम श्रीस तथा शिक्षक अभिभाबक संघका अध्यक्ष चन्द्र बहादुर जि।सि सहित ४५को जना सहभागि थिए । विद्यालयको भ्रमण गर्ने १००औं टोली पुगेको अवसरमा विद्यालयले टोलीसँग विशेष अन्तरक्रिया गरेको छ । अन्तक्रिया कार्यक्रममा विद्यालयका प्रअ दिपक श्रेष्ठ , विव्यस अध्यक्ष नारायण बहादुर कार्कि शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णबहादुर बानिया तथा बेनी नगरपालिकाका शिक्षा अधिकृत विश्व प्रकाश रेग्मीले विद्यालयको शैक्षिक क्रियाकलाप , विगत , वर्तमान , सिकाइ वातावरण तथा उपलब्धिको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा भ्रमण टोलीको तर्फबाट प्रअ श्रीस विव्यस अध्यक्ष थापा , तथा शिक्षक अभिभाबक संघका अध्यक्ष जि।सि जिज्ञासा तथा धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रम विव्यस अध्यक्ष कार्किको अध्यक्षता , शिअस अध्यक्ष बाँनियाका स्वागत , नगर शिक्षा अधिकृत रेग्मीको प्रमुख आतिथ्यता तथा प्रअ श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार