मंगलामा भुकम्प सुरक्षा दिवस मनाइयो

सिजन रोका मगर
बेनी बिहिबार माघ ३ गते । २१ औ भूकम्प सुरक्षा दिवस बुधबार म्याग्दीमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाइएको छ । यस्तै म्याग्दीको सदरमुकाम सहित बुधबार मंगला गाउँपालिकाले पनि २१ औं भुकम्प सुरक्षा दिवस मनाएको छ ।


मङ्गला गाउँपालिकाको आयोजनामा विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पुरा गर्ने जिम्मेवारी संघ, प्रदेश र स्थानीय सरकार भन्ने मुल नाराका साथ २१औ भुकम्प सुरक्षा दिवस २०७५ मनाइएको हो ।


कार्यक्रममा वडा अध्यक्षहरु, वडा सदस्य, विधालय शिक्षक,संघ संस्था प्रमुख तथा प्रतिनिधिहरु र गाउँपालिका कर्मचारीहरुको सहभागिता रहेको थियो
१ सय २७ जना भुकम्प पिडित रहेको गाउँपालिकामा पहिलो किस्ता १ सय २७ जनाले ,६५ जनाले दोस्रो किस्ता लगेका छन् भने सात जनाले दोस्रो किस्ताका लागि सिफारिसको आवेदन तथा आठ जनाले तेस्रो किस्ता लगेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो ।


गाउँपालिका अध्यक्ष सत प्रसाद रोका मगरको अध्यक्षता, ईन्जिनियर सोहनजंग कार्कीको स्वागत र सिजन रोका मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा गाउँपालिकाको भुकम्प सम्बन्धि प्रगति र सुरक्षा सम्बन्धी जानकारी गराउनुका साथै वृत्त चित्र प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष धनबहादुर खाति, उपाध्यक्ष सिर्जना के सि ले मन्तव्य व्यक्त गर्नुभएको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार