मृगौला रोगीको उपचारमा गाउँपालिकाले २० हजार सहयोग गर्ने

बेनी ,बुधबार माघ १६ गते । म्याग्दीको मालिका गाउँपालिकाले मृगौला रोगिहरुको उपचारमा आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिका भित्रका मृगौला रोगीहहरुको उपचारमा आर्थिक सहयोग पु¥याउने उदेश्यले आपतकालिन सहयोग कोषबाट बिस हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको गाउँपालिका प्रवक्ता एवम् वडा नं १ का अध्यक्ष टंकप्रसाद पुन मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिका भित्र रहेका मृगौला रोगीहरुको उपचारमा सहयोग पु¥याउने उदेश्यले गाउँपालिकाले २० हजार रुपैयाँ सहयोग गर्ने भएको हो । हालसम्म तीन जना मृगौला रोगीले यो सेवा लिएको प्रवक्ता पुन मगरले जानकारी दिनुभयो ।

मृगौला रोगको उपचार जटिल हुने र रोगीको उपचारमा ठुलो आर्थिक खर्चको भार हुने भएकाले उपचारमा आर्थिक सहयाेग गर्ने उदेश्यले अभियान संचालन गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले जानकारी दिनुभयो ।

विशेष गरि गाउँपालिका भित्रका गरिब तथा विपन्न परिवारका मृगौला रोगिहरुलाई लक्ष्यीत गरि गाउँपालिकाले सो अभियान संचालन गरेको अध्यक्ष्य रोका मगरले बताउनुभयो । गरिव, विपन्न परिवारका मृगौला फेल भएका रोगिहरुलाई विशेष प्राथमिकता दिएको अध्यक्ष रोका मगरले बताउनुुभयो ।

“ मृगौला रोगबाट गाउँपालिका भित्रका गरिब, विपन्न परिवारका नागरिकले अकाल्मै ज्यान गुमाउन नपरोस् भनि गाउँपालिकाले यो अभियान चलाएको हो ” अध्यक्ष रोका मगरले भन्नुभयो । गाउँपालिकाको अभियानमा सहयोग गर्न उहाँले सबैलाई अपिल गर्नुभएको छ ।
गाउँपालिकाले चलाएको अभियानबाट आर्थिक अभावमा घरमै थला परेका गरिव तथा विपन्न परिवारका मृगौला रोगिहरु प्रत्यक्ष लाभाम्वीत हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार