म्याग्दीका भलिबल प्रशिक्षक बानियाँ सम्मानित

बेनी बिहिबार पौष १९ गते । म्याग्दीका भलिबल खेल प्रशिक्षक एवम् राष्ट्रिय रेफ्री तेजिन्द्र वानियाँ सम्मानित हुनुभएको छ म्याग्दी बहुमुखी क्याम्पसको २८ औं वार्षिकोत्सवको अवसरमा बानियाँलाई सम्मान गरिएको हो ।

२०६० सालदेखी विद्यालय स्तरबाट भलिबल खेल क्षेत्रमा प्रवेश गर्नुभएका बानियाँ हाल म्याग्दी जिल्लाको भलिबल प्रशिक्षक एवम् राष्ट्रिय स्तरको रेफ्रीको रुपमा स्थापित हुनुभएको छ ।


जिल्ला भलिबल संघको उपाध्यक्ष समेत हुनुभएका बानियाँलाई राष्ट्रिय सभाका अध्यक्ष गणेप्रसाद तिमिल्सिना र क्याम्पस सञ्चालक समितिका अध्यक्ष वालकृष्ण सुवेदी ज्युले पुरस्कार वितरण कार्यक्रमको बिचमा नगद, सम्मानपत्र र फुलमालाले सम्मान गर्नुभएको हो । 
स्वतन्त्र विद्यार्थि युनियन र म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा चार दिन सम्म सञ्चालन भएको गण्डकी प्रदेश स्तरिय अन्तर क्याम्पस छात्र तथा छात्रा भलिबल प्रतियोगिताको कुशल रेफ्री संयोजकको भुमिका खेलेको भन्दै धन्यवाद व्यक्त गरेको छ ।


बानियाँलाई नगद रु सात हजार पाँच सय र सम्मानपत्रले सम्मान गरिएको आयोजक क्याम्पसले जनाएको छ । लामो समयदेखी खेल क्षेत्रमा आवद्ध भई जिल्लाको खेलक्षेत्रमा महत्वपुर्ण योगदान दिएको र खेलमा मार्फत जिल्लालाई विभिन्न ठाउँमा चिनाउन महत्वपुर्ण भुमिका खेलेको बताउँदै सम्मान गरिएको हो । पुर्व स्ववियु संयोजक समेत रहनुभएका बानियाँले जिल्ला तथा अन्य छिमेकी जिल्ला पर्वत, मुस्ताङ र बागलुङ नेपाली सेना श्रीवक्स गुल्मलाई समेत भलिबल प्रशिक्षण दिई खेलाडी उत्पादन गर्न र भलिबल क्षेत्रको विकास गर्नमा सक्रीय भुमिका खेल्दै आउनुभएको छ ।


सम्मानित बानियाँले आयोजकलाई धन्यवाद दिँदै सम्मानले खेल क्षेत्रमा अगाडि बढ्नलाई थप हौसला तथा उर्जा प्रदान गरेको बताउनुभएको छ । भलिबल खेल क्षेत्र मार्फत जिल्लाको पहिचान बनाउन आफुले सक्दो कोसिस गर्ने बताउनुभयो । ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार