राप्रपाको हिन्दु पुन:जागरण अभियान

बेनी मंगलबार माघ ८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग मंगलबार बेनीमा हिन्दु पुनःजागरण अभियान अन्तरगत घरदैलो गरेको छ ।

राप्रपाका केन्द्रीय सदस्य भिमप्रसाद गौचन र जिल्ला अध्यक्ष बिरबहादुर थापा क्षेत्रीको नेतृत्वमा न्यूरोड स्थित पार्टी कार्यालयबाट सुरु भएको ¥याली सहितको घरदैलो कार्यक्रम बजार परिक्रमा पछि सोही ठाउँमा पुगेर समापन गरिएको थियो ।

हिन्दु राष्ट्र घोषणाका लागि सरकारलाई दवाव दिन देशव्यापी हिन्दु जागरण अभियान अन्तरगत बेनीमा कार्यक्रम गरिएको नेता गौचनले बताउनुभयो । हिन्दु राज्यको पक्षमा जनमत सिर्जना गराउन स्थानीय तह, वडा र बस्ती स्तरमा पनि कार्यक्रम गरिने उहाँले बताउनुभयो ।

घरदैलो कार्यक्रममा बेनपाका उपमेयर सञ्जु बरुवाल लगायत नेता कार्यकर्ताहरुको उपस्थित थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार