‘व्यवसायिक शिक्षा’को विकास गरौं : अध्यक्ष तिमिल्सिना

क्याम्पसले विविध आन्तरिक कार्यक्रम सहित पहिलो पटक गण्डकी प्रदेश स्तरिय अन्तर क्याम्पस छात्र तथा छात्रा भलिबल प्रतियोगिता सत्तचालन गरि वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रीय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले दुर्गम जिल्लाको परिचय नभई राष्ट्रीय रुपमा सर्वाेत्कृष्ट शैक्षिक केन्द्रको नाम स्थापित गर्न शुभकामना दिनुभयो । राज्यले मौलिक अधिकार ऐन अन्तर्गत राज्यका सबै नागरिक शिक्षाको पहुँच भित्र हुनुपर्ने उल्ललेख गरेको बताउँदै कोही पनि नेपालि नागरिक शिक्षाबाट बञ्चित हुनु नपर्ने बताउनुभयो । 
उहाँले यथास्थिती शिक्षा पद्धतीबाट देशको विकास हुन नसक्ने बताउँदै परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । राज्य हुँदाहुदै दिद्यार्र्थीहरु शुल्क उठाएर प्रध्यापक पाल्नुपर्ने स्थिती दुखदायी भएको बताउँदै देशमा सर्वसुलभ तथा निशुल्क शिक्षाका लागि राजनितिकदल ,सरकार र आम नागरीकहरु गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।


देशमा भएको पुरानो शिक्षा पद्धतीमा कँही भित्र त्रुती भएकाले त्यसलाई सच्याउनुपर्छ उहाँले भन्नुभयो । देशको पुरानो शिक्षा पद्धतीका कारण अन्तराष्ट्रीय रुतरमा नेपालको शैक्षिक योग्यता अयोग्य भएको बताउँदै शिक्षा नितिमा व्यापक सुधार गर्नुपर्ने आवश्यक भएको छ । देशको शिक्षा प्रतिस्पर्धात्मक पद्धतीमा जान नसक्दा युवाहरुले नेपालमा हासिल गरेको उच्च शिक्षाको प्रमाणपत्र च्याटेर खांडि मुलुकको लागि पासपोर्ट बनाउन बाध्य भएको उहाँको भनाई छ । अव नेपालले पनि आफ्नो सर्टिफिकेट अन्तराष्ट्रीय रुपमा विकाउ हुने शिक्षा पद्धती अवलम्वन गर्नुपर्छ उहाँले भन्नुभयो । त्यसका लागि सबै एक हुनुको बिकल्प छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार