शनिबार हुने निर्माण व्यवसायी संघको १० औं अधिवेशनको तयारी पुरा

बेनी शुक्रबार माघ ४ गते । लामो समयको विवाद बाबजुत भोलि अर्थात ५ गते शनिबार हुने निर्माण व्यवसायी संघ म्याग्दीकोे १० औं अधिवेशनको तयारी पुरा भएको छ । संघले शुक्रबार बेनीमा पत्रकार सम्मेलन गरि नयाँ नेतृत्व चयनको लागि हुन लागेको १८ औँ बार्षिक साधारण सभा तथा १० औँ अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।


अधिबेशनको उद्घाटन नेपाल निर्माण व्यवसायि महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले गर्नुहुने संघका अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो । शनिबार हुने साधारणसभा तथा अधिवेशन विवाद रहित हुने उहाँले दावि गर्नुभयो । संघमा उत्पन्न समस्या समाधान र बलियो नयाँ नेतृत्व छनौटका लागि संघका सम्पुर्ण सदस्यहरुलाई अध्यक्ष जिसिले आग्रह गरिएको बताउनुभएको छ ।उहाँका अनुसार अधिवेशनबाट सर्वसहमतिमा नेतृत्व चयनकोे तयारी भएको बताउदै सहमसत नभए चुनाव मार्फत नयाँ कार्यसमिति चयन हुने जानकारी दिनुभयो ।

कार्यक्रममा संघका सदस्य रविन्द कार्कीले संघभित्र सदस्य रहेका ८७ जना सबैलाई अधिबेशनमा भाग लिनको लागि आहवान गरिएको र यस अघि संघभित्र देखिएको विवाद र समस्याहरुलाई समेत सोही अवसरमा बृहत छलफल गरि टु्ंग्याउन लागिएको बताउनुभयो ।

संघको यस अघि २ बर्षे कार्यकालको अबधि बढाएर ३ बर्षे बनाउने गरि विद्यान मस्र्यौदा संसोधनको लागि समेत तयारी भएको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार