शिक्षक घर्ति मगर सम्मानित

च्युरिबोट, शनिबार माघ १२ गते । म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोटमा रहेको सिद्धार्थ माविमा अध्यापनरत शिक्षक घर्ति मगर र दुई विद्यार्थी सम्मानित हुनुभएको छ ।


च्युरिबोट निवासी हाल युकेमा कार्यरत समाजसेवी द्धय बल बहादुर चोचाङ्गी पुन मगर र बागविर चोचाङ्गी पुन मगरद्वारा प्रत्येक बर्ष गरिने फरक फरक विदाका उत्कृष्ट व्यक्तीत्वको रुपमा यस बर्ष लामो समयदेखि सिद्धार्थ माविमा अध्यापनरत शिक्षक छक प्रसाद घर्ति (राम्जाली)मगरलाई सम्मान गरिएको हो ।साथै सोहि अवसरमा कक्षा ६ का छात्र बोमे रोका मगर र कक्षा ९ मा अध्ययनरत छात्रा मिन कुमारी श्रीपालिलाई गएिको हो ।


शनिबार सामाजिक अभियान्ता चोचाङ्गी पुन मगरको ५९ औं जन्मदिनको अवसरमा आयेजित एक कार्यक्रममा शिक्षक घर्ति मगर र दुई विद्यार्थीलाई नगद र प्रमानपत्रले सम्मान गरिएको हो ।
सम्मानित शिक्षक र विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि नरबहादुर चोचाङ्गी पुन मगरले नगद र प्रमाणपत्रले सम्मान गर्नुभएको हो ।


घर्ति मगरलाई समाजसेवी एवम् सामाजिक अभियान्ता द्धय बल बहादुर चोचाङ्गी पुन मगर र बागबिर चोचाङ्गी पुन मगर द्वारा प्रायाजित रु १० हजार र सम्मानपत्र र दुुई विद्यार्थीलाई प्रति विद्यार्थी रु ५ हजार र प्रमाणपत्रले सम्मान गरिएको छ ।


सम्मानित घर्ति मगर लामो समय देखी बिद्यालयमा निजी शिक्षक र स्थानिय क्लब एवम् विभिन्न संघ संस्थामा कार्यरत हुनुहुन्छ । शिक्षक घर्ति मगरलाई बधाई दिंदेै प्रमुख अतिथि चोचाङ्गी पुन मगरले समाज तथा शैक्षिक रुपान्त्रणका लागि एकल प्रयासले मात्र सम्भव नहुने बताउँदै समाज रुपान्त्रण एवम् शैक्षिक विकासका लागि शिक्षक घर्ति मगर संगै सबै स्थानिय बासिहरु पनि एक हुनुपर्नेमा जोड दिनुभयो ।
समाजसेवी एवम् सामाजिक अभियान्ता बल बहादुर चोचाङ्गी पुन मगरले निजी शिक्षकको रुपमा रहि विद्यालयको शैक्षिक, आर्थिक ,भौतिक एवम् विभिन्न सामाजिक संस्थामा आवद्ध रहि सामाजिक विकासमा महत्पुर्ण भुमिका खेलेकाले सम्मान गरिएको र दुई बिद्यार्थीलाई भने जेहेन्दार, गरिब एवम् दलित बिदातर्फ सम्मान गरिएको बताउनुभयो ।


स्वदेशमा बसी समाज एवम् देशका लागि योगदान पु¥याउने व्यक्तीत्वहरुको सम्मान संगै र उनिहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले आफुहरुले यो अभियान संचालन गरिएको उहाँले बताउनुभयो । आगामी दिनमा ग्रामिण भेगका गरिब एवम् दलित, बिपन्न परिवारका बिद्यार्थीलाई सहयोग गरिने अर्का समाजिक अभियान्ता बागबिर चोचाङ्गी पुन मगरले जानकारी दिनुभयो ।


कार्यक्रममा मोना युकेका संस्थापक अध्यक्ष एवम् चन्दादाता दलमान चोचाङ्गी पुन मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जग बहादुर घर्ति मगर, पुर्व अध्यक्ष तम बहादुर चोचाङ्गी पुन मगर , झकेन्द्रमान चोचाङ्गी पुन मगर र अक्षयकोषका संस्थापक अध्यक्ष भिजेनद्रमान पुन मगरले सम्मानित शिक्षक र विद्यार्र्थीलाई बधाई दिँदै शैक्षिक प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।


प्रमुख अतिथि चोचाङ्गी पुन मगरको प्रमुख आतिथ्यता, विव्यस अध्यक्ष घर्ति मगरको अध्यक्षता ,शिक्षक प्रतिनिधि प्रदिप पौडेलको स्वागत मन्तव्य र शिक्षक छक प्रसाद घर्ति मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्थानिय आमा समुहका अध्यक्ष, क्लब तथा विभिन्न संघ संस्थामा आवद्ध प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार