सबै स्थानीय तहमा नासु र अधिकृत तहको जागिरका लागि आवेदन मागियो

काठमाडौं, बिहिबार माघ ३ गते । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहमा रोजगार संयोजकका लागि आवेदन मागेको छ। शुक्रबारबाट आवेदन खुलाइने मन्त्रालयले जनाएको छ। सरकारले रोजगार सूचना केन्द्र स्थापना गर्नुपूर्व सबै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिको तयारी गरेको छ, जसअनुसार शुक्रबारबाट आवेदन खुलाइन लागिएको हो।

आवेदन अनलाइनबाट पनि भर्न सकिनेछ। सरकारले १० हजारभन्दा कम जनसंख्या भएका स्थानीय तहमा नायव सुब्बा सरहको सुविधा र १० हजार बढी जनसंख्या भएका स्थानीय तहमा शाखा अधिकृत बराबरको सुविधा दिने गरी व्यवस्था मिलाएको छ। यसका लागि सोही सरको योग्यता मागिरएको छ। बेरोजगार युवालाई रोजगारी नहुने युवालाई निर्वाह भत्ता दिने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न सरकारले संयोजक नियुक्ति गर्न लागेको हो। थाहा खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार