दिपक माविलाई अमेरिकाबाट १ लाख रुपैयाँ आर्थिक सहयोग
आइतवार, फाल्गुन १२ गते
। म्याग्दी न्युज संवाददाता
समीर रोका मगर बेनी आइतबार फागुन १२ गते ।बेनि नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यमिक बिधालय लाई १ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ। बेनि नगरपालिका (९ स्थाई ठेगाना भई हाल अमेरिकामा बस्दै आउनुभएका भल प्रसाद शेरचनले बिधालयलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको जानकारी त्यहाँ बाट बिधालयका बिज्ञान शिक्षक बिस्नुप्रसाद दुङगानाले जानकारी दिनुभएको छ।
निशुल्क भवन निर्माण गरिदिनुहुने स्वर्गीय कबिर प्रसाद शेरचनका सुपुत्र शेरचनले आगामी दिनहरुमा बिधालयको आबश्यकता हेरि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा बेनि नगरकार्यपालिका सदस्य योगेन्द्रमान गौचन, समाजसेबी चन्द्रलाल शर्मा , पुर्ब प्रअ भबदत्त शर्माको उपस्थित रहेको थियो।
कार्यक्रम बिधालय ब्यवस्थापन समितिका अध्यक्ष केदारनाथ सुबेदिको अध्यक्षता प्रअ पुस्प पराजुलीको सन्चालन तथा पुर्ब बिधालय ब्यवस्थापन समितिको अध्यक्ष शिव बहादुर शाहिको स्वागत मन्तव्यमा समपन्न भएको थियो।
काठमाडौं । ललितपुर महानगरपालिकाले ‘डा.सत्यमोहन जोशी एकेडेमी’ स्थापना गर्ने घोषणा गरेको छ । महानगरपालिकाले शुक्रबार नीति तथा बजेट प्रस्तुत गर्दै महानगरपालिका क्षेत्रभित्र सामुदायिक पुस्तकालय स्थापनामा जोड दिँदै संघसंस्थाको सहकार्यमा एकेडेमी खोल्ने घोषणा…
काठमाडौँ । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताउनुभएको छ । उहाँले उच्च शिक्षा देशको स्रोत, साधन, सम्भावना, आवश्यकता र प्राथमिकतालाई पहिल्याइ जनशक्ति तयार गर्नेतर्फ…
काठमाडौँ । काभ्रेको बेथानचोक गाउँपलिकाले एमबिबिएस पढ्ने एक विद्यार्थीलाई एक लाख रूपैयाँ छात्रवृत्ति दिएको छ । बेथानचोक गाउँपालिका वडा नम्बर ३ घर भई एमबिबिएस दोस्रो वर्षमा पढ्दै आएका विजय घलानलाई एक लाख…
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…