म्याग्देली युवा केसी बेलायतको स्थानिय निर्वाचनमा चुनाव लड्ने
मंगलबार, माघ २९ गते
। म्याग्दी न्युज संवाददाता
अल्डरसट,लन्डन मंगलबार माघ २९ गते । म्याग्दी घर भई हाल संयुक्त अधिराज्य बेलायतको अल्डरसटमा वसोबास गर्दै आएका प्रबेश केसी कन्जरभेटीभ पार्टीबाट काउन्सिलर पदको उम्मेदवार बनेका छन। नेपालीहरुको बाक्लो बस्तीमा बसोबास गर्दै आएका युवा व्यवसायी तथा समाजसेवी केसी आउंदो २ मेमा हुने बेलायतको स्थानीय निर्वाचनमा काउन्सिलर पदका उम्मेदवार भएका हुन्।
कन्जरभेटिभ पार्टीका तर्फबाट रसमोर बरो काउन्सील अल्डरसट टाउन, वेलिङटन वार्डको काउन्सिलर पदमा उम्मेदवारी दिएका हुन। उनी करिब ४ हजार मतदाता रहेको क्षेत्रमा अहिले चुनावी प्रचार प्रसार अभियानमा व्यस्त छन् । अल्डरसटमा नेपाली जनसंख्या तथा व्यवसाय बढ्दै गएपछि नेपाली तथा स्थानीयको आवाज काउन्सिल च्याम्बरसम्म पुरयाउने आफ्नो मुख्य ‘एजेन्डा’ रहेको उनले बताए ।
बहालबाला ब्रेन्ट काउन्सीलका कन्जरभेटीभ कै नेपाली काउन्सिलर लक्ष्य गुरुङले बिजयको लागी शुभकामना दिनु भयको सो भेटघाटमा केशीले रसमोर बरो काउन्सिल गोर्खा भेट्रानप्रति बढि उदार भएकाले भूपू गोर्खाहरुका स्थानीय समस्या सम्वोधनमा पनि म जुट्नेछु भन्नु भयको छ।कन्जरभेटिभ पार्टीले स्थानीय सरकारमा नेपालीको आवाज आओस् भन्ने उद्देश्यले आफूलाई छनोट गरेको केसीको दावी छ।
चुनावी अभियानमा केसीले आफूलाई मत दिन र आफ्नो चुनावी अभियानमा सघाउन पनि अपिल गरेका छन्। ‘यो पार्टीले हरेक व्यक्तिलाई आफ्नो जीवनको मालिक बनाउंछ दास होइन्’( केसीको बुझाई रहेको छ। अल्डरसटमा मन्दिर, गुम्बा, मस्जिद, चर्च बनाउन पनि यो पार्टी सकारात्मक छ ।सन् १९९६ मा बेलायत आएका केसी प्रोपर्टी व्यवसायमा आवद्ध छन् ।
एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई…
काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक डे (दिवस) २०२२ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले बिहीबार विविध कार्यक्रम आयोजना गर्दै भव्य रुपमा ओलम्पिक…
काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले भूकम्प पीडितको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको छ । तालिवानका नेता अब्दुल कहार बाल्खीले भूकम्प प्रभावितलाई तत्काल आवश्यक राहत दिन सरकार आर्थिक रुपमा सक्षम…
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…