‘लाहुरे’ संस्कारले गर्दा राज्य सत्तामा मगर समुदायको उपस्थिती न्युन रह्योः मन्त्री थापा
बुधवार, फाल्गुन १५ गते
। म्याग्दी न्युज संवाददाता
बेनी बुधबार फागुन १५ गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरले लाहुरे संस्कारका कारण राज्य सत्तामा मगर समुदायको प्रतिनिधित्व न्युन रहेको बताउनुभएको छ । बुधबार नेपाल मगर संघको ३७ औं स्थापना दिवस तथा नेपाल मगर संघ जिल्ला शाखा म्याग्दीको सातौं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको होे ।
नेपालमा परम्परा देखी एकात्मक शाशन प्रणालिले गर्दा नेपालका आदिवासी जनजातीहरु राज्यको हरेक नेतृत्वको पहुँचा पुग्न नसकेको मन्त्री थापा मगरले बताउनुभयो । एकात्मक शासन व्यवस्था, देशमा भएको अस्थिर राजनितक तथा बेरोजगारी समस्याले गर्दा आदिवासी तथा विशेष गरि मगर समुदाय रोजगारीका लागि विदेश पलायन हुन बाध्य भएकाले राज्य सत्तामा उनिहरुको उपस्थिती न्युन भएको बताउनुभयो । उहाँले नेपाल बहु जातीय,बहु धार्मिक बहु भाषिक तथा बहु सांस्कृतिक मुलुक भएकाले राज्य सत्तामा सबैको समान पहुचको व्यवस्था हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो ।
शैक्षिक विकास ,राजनितिक सचेतना तथा आर्थिक विकास संगै सामाजिक कुरिति र विकृतिलाई न्युनीकरण गर्दै राज्यको हरेक सामाजिक, राजनितिक ,प्रशासनिक क्षेत्रमा पहुँच बढाउन सक्षम बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले आदीवासी जनजातीहरुको कला, भाषा, संस्कृतिको संरक्षणमा सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनले परम्परादेखीको विभेदकारी नीतिका कारण पछि पारिएका आदीवासी जनजाती समुदायले अहिलेको संबिधानमा उल्लेखित अधिकारको उपयोगसँगै थप अधिकार प्राप्तीका लागि अग्रसर बन्नुपर्ने बताउनुभयो । साथै उहाँले शैक्षिक विकास ,राजनितिक सचेतना, आर्थिक रुपान्तरण तथा सामाजिक विकासमा मगर संघले जोड दिएको बताउनुभयो । साथै राज्यले मगर समुदायको भाषा तथा संस्कृतिको संरक्षण र उत्थानमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री थापाको प्रमुख आतिथ्यता ,नेपाल मगर संघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष मनप्रसाद थजालीको अध्यक्षता र सहसचिव पुर्ण पुन मगरको संचालनमा उद्घाटन कार्यक्रम समापन भएको थियो ।
कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका सचिव राजकुमार थापा मगर , नेकपाका नेता हरिकृष्ण श्रेष्ठ , बेनी नगरपालिका ७ का अध्यक्ष राजेन्द्र श्रेष्ठ , नेपाल मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजाली ,नेपाल मगर संघ जिल्ला कार्यसमितिका उपाध्याक्ष डकमाया पुर्जा ,आदिबासी जनजाती महासंघ म्याग्दीका सल्लाहकार तथा मगर संघ म्याग्दीका संस्थापक मुक्ती रोका मगर, नेपाली कांगेस जिल्ला सदस्य मनप्रसाद शेरपुन्जा ,मंगोल नेश्नल अर्गजनाइजेशन म्याग्दीका अध्यक्ष डिके फगामी , जनमुक्ती पार्टीका जिल्ला अध्यक्ष तिलक थापा मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे । बिहीबारसम्म चल्ने अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनका लागि छलफल भइरहेको उपाध्यक्ष पुर्जाले जानकारी दिनुभयाे ।
कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति…
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको व्यवस्थापनमा अनुसन्धान लेखनसम्बन्धी विषयक तालिम सञ्चालन गरिएको थियो । साताव्यापी…
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…
म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…