अभिभावकको स्मृतिमा पदमार्ग निर्माण

बेनी सोमबार माघ २८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा दुई महिलाले दिवंगत अभिभावकको स्मृतिमा पदमार्ग निर्माण गर्नुभएको छ ।

स्थानीय शान्तकला र तमाया तिलीजा पुनले स्वर्गीय बुवा धनीराम, आमा धनमाया, देउमाया र दाजु निरबहादुर तिलीजाको स्मृतिमा पदमार्ग निर्माण गर्नुभएको हो ।

तिलीजा दिदीबहिनीले २५÷२५ हजार रुपैयाँका दरले पदमार्ग निर्माणमा सहयोग गर्नुभएको स्थानीय गम पुनले जानकारी दिनुभयो । तिलीजा द्धयको सहयोगमा स्थानीयबासीले श्रमदान गरेर चिमखोला देखि मण्डलीको थान जाने पदमार्ग निर्माण गरेका हुन् ।
मण्डलीको थान चिमखोलाको प्रशिद्ध धार्मिक स्थल हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार