आमासँगै बजार डुल्ने केटो मारियो

काठमाडौँ बुधबार माघ २३ गते । बजार क्षेत्रनजिकै जन्मेर सडकबजार डुलेको दुर्लभ एकसिँगै गैंडाको बच्चा ९केटो० महिना दिन पनि बाँचेन । नारायणगढको बाह्रघरे सडकमा पुस २० गते बिहानै उक्त केटो आमासँगै देखिएको थियो ।

आडैको नगरबाट अघिल्लो दिन निस्केको त्यो गैंडाले राति बस्तीमै बच्चा जन्माएर बिहान सँगै दिएर बजार डुलेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा रमेशकुमार पौडेलले लेखेका छन् ।

साताअघि ९माघ १४० केटो नगरवनमै मृत भेटियो । डिभिजन वनका चितवन प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार बच्चाको करङ भाँचिएको थियो । तीन ठाउँमा चोट छ । मुखमा पनि चोट थियो जसले गर्दा दूध खानसमेत नमिल्ने भएको थियो । ‘भाले गैंडाको आक्रमणमा केटो मारिएको हो ।’ उनले भने । चितवन निकुञ्ज र आसपास दुर्लभ गैंडा मर्न थालेका छन् । केटोको नियति पनि त्यस्तै भयो । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार