एनआइसी एसिया बैङ्कको शाखा वारीबेनी, पर्वतमा

बेनी सोमबार माघ २१ गते । जलजला गाउँपालिका ३ पर्वत बेनीमा एनआइसी बैङ्कको शाखा उद्घाटन गरिएको छ ।


एक वर्षअघि देखि वित्तिय सेवा प्रवाह गर्दै आएको शाखाको सोमबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा अध्यक्ष मल्लले दुर्गम ग्रामिण क्षेत्रमा बैङ्कको पहुँच विस्तार गरेर कृषि, उद्यम र आर्थिक विकासमा सहयोग पु¥याउनुपर्ने बताउनुभयो ।

ब्याजदर परिवर्तन भइरहने समस्याले उद्योगी व्यवसायीहरु मर्कामा परेको गुनासो बढेकाले यसतर्फ बैङ्क सञ्चालकहरुको ध्यानाकर्षण गराउनुभयो ।

देशभर २७५ वटा शाखा, २८९ वटा एटिएम काउन्टर, ३९ वटा एक्टेन्सन काउन्टर र २३ वटा शाखा रहित बैङकिङ सेवा सञ्चालन भएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताउनुभयो ।

शाखाबाट निक्षेप संकलन, कर्जा लगानी, एटिएम, रेमिटेन्स लगायत वित्तिय सेवा प्रवाह गरिने प्रबन्धक गणेश पौडेलले जानकारी दिनुभयो ।

क्षेत्रीय प्रबन्धक दिपेन्द्र शर्माको अध्यक्षता, शाखा प्रबन्धक पौडेलको स्वागत र स्वेता शेरचनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, जलजला उपशाखाका कार्यबाहक अध्यक्ष चित्रराज रेग्मी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, जलजला ३ का वडा सदस्य शशी शर्माले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार