खेल क्षेत्रको विकासमा प्रदेश सरकार गम्भीर छ ः मन्त्री पुन

दरबारङ्ग, शुक्रबार फागुन ३ गते । म्याग्दीको मालिका गाउँपालिकामा शुक्रबारदेखी प्रथम मालिका कप सुरु भएको छ । गाउँपालिका केन्द्र दरवाङ्गमा सुरु भएको गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको गण्डकी .प्रदेशकी सामाजिक विकास मन्त्री नरदेबी पुन मगरले उद्घाटन गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री पुन मगरले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर भएको बताउनुभएको छ । खेल राष्ट्रको गहना भएकाले प्रदेश सरकाले खेल क्षेत्रको किासका लागि स्थानिय तह,खेलकुद संघ र संघ सरकारसंग सहकार्य गरि अगाडी बढ्नुका साथै आवश्यक बजेटमा सहयोग गर्ने बताउनुभयो ।

उहाँले खेल क्षेत्रबाट नै देशलाई अन्तराष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो । प्रतियोगिताले विद्यार्थीहरुलाइ खेल क्षेत्रमा मात्र नभई अन्य मानसिक,शारिरीक,सामाजिक तथा शैक्षिक क्षेत्रमा सघाउ पु¥याउने उदघोष गर्नुभयो ।


सरकारले प्रदेश भित्रमा खेल क्षेत्रको विकास गर्न हरेक स्थानिय तहमा एक खेल एक मैदान निर्माण गर्ने योजना बनाएको जानकारी दिनुभयो ।साथै हिमाली जिल्ला मुस्ताङमा रङ्गशाला निर्माणका लागि प्रदेश सरकारको योजना भएको बताउनुभयो । खेल क्षेत्रको विकासका लागि हरेक स्थानिय तहले गुरु योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।


यसैगरि कार्यक्रममा जिसस प्रमुख देवेन्द्रकुमार केसीले खेलकुद प्रतियोगिताले विद्यार्थीहरुमा रहेको खेलप्रतिभाको विकास भई जिल्ला र राष्ट्रिय स्तरका खेलाडि उत्पादन गर्न महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।


गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले विद्यालय स्तरका खेल प्रतिभाको पहिचान गरि उनिहरुलाई जिल्ला, प्रदेश हँुदै राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म अवसर दिलाउने उद्देश्यले खेलकुद मन्त्रालय र खेलकुद परिषद्सँगको समन्वयमा प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी ,आयोजक गाउँपालिका उपाध्यक्ष खर माया विटालु तथा कार्यक्रम संयोजक वडा नं ६ का अध्यक्ष सनतोष सुवेदीले स्थानिय तहमा आयोजना भएको प्रतियोगिताले स्थानिय स्तरमा लुकेर रहेको प्रतिभालाई जिल्ला ,प्रदेश संघ र अन्तराष्ट्रिय देखाउन सहयोग पुग्ने बताउनुभयो । उद्घाटन खेलमा कवडी ,छात्र भलिबल,र एथलेतिक्स तर्फ छात्र ÷छात्रा दौड प्रतियागिताभएका छन् ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले ५० हजार रुपैयाँ, शिल्ड ,मेडल र प्रमाणपत्र,द्धितिय विद्यालयले २५ हजार रुपैयाँ ,मेडल र प्रमाणपत्र तथा तृतिय हुने विद्यालयले १५ हजार रुपैयाँ,मेडल र प्रमाणपत्र पुरस्कार पाउने कार्यक्रम संयोजक एवम् वडा नं ६ का अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । साथै उहाँका अनुसार छात्र र छात्रा भलिबल खेल,कवडि र एथलेटिक्सतर्फका प्रथम, द्धितिय तथा तृतिय हुने विद्यालयले क्रमश १० हजार,७ हजार र ५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । प्रमुख अतिथि मन्त्री पुन मगरको प्रमुख आतिथ्यता ,अध्यक्ष रोका मगरको अध्यक्ष्यता ,जनपप्रिय माविका शिक्षक बालकृष्ण शर्माको संचालन र उपाध्यक्ष विटालुको स्वागत मन्तव्यमा उद्घाटन कार्यक्रम समापन भएको थियो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक वीर बहादुर बुढा मगर ,म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल ,वडाध्याक्ष,प्रअ लगायत विभिन्न क्षेत्रमा आवद्धप्रतिनिधिहरुको उपस्थिती रहेको थियो । प्रमुख अतिथि मन्त्री पुन मगरलाई ख्याली सोरठी नाच र बाजाले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार