गण्डकी प्रदेशले फागुन ४ मा स्थापना दिवस मनाउने

पोखरा, बिहिबार माघ २४ गते ।गण्डकी प्रदेश सरकारले फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस मनाउने तयारी गरेको छ । माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले फागुन ४ गते स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

गत वर्ष फागुन ४ गते कै दिन मुख्यमन्त्री पृथ्वसुब्बा गुरूङले प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष पद तथा गोपनियताको सपथ लिएका थिए ।
बैठकले स्थापना दिवस मनाउनको लागि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको संयोजकत्वमा ६ सदस्यीय समारोह समिति गठन गरेको छ ।

समितिमा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, प्रमुख सचिव लक्ष्मीराम पौडेल र मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवहरू लालमणि ओझा धर्मराज कुइँकेल र दलबहादु अधिकारी रहेका छन् । त्यसै गरि ३ वटा उप समिति समेत गठन गरिएको छ । कार्यक्रममा कार्यप्रगति विवरण प्रस्तुती, उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिने लगायतका कार्यक्रम तय भएका छन् । गन्थन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार