जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री

बेनी बिहिबार माघ २४ गते । मालिका गाउँपालिका ५ देविस्थानको भिम माविका शिक्षक यामनाथ पौडेलले विद्यार्थीहरुलाई कापी, कलम वितरण गरेर बुधबार जन्मदिन मनाउनुभएको छ ।

मंगला गाउँपालिका २ तोराखेतका पौडेलले व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर पुन र प्रअ डम्मर घर्ती मार्फत १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई कापी र कलमका साथै विपन्न विद्यार्थी मनोज बिकलाई एक सेट पोशाक उपलब्ध गराउनुभएको छ । सो अवसरमा प्रअ घर्तीले कक्षा ५ का शंकर पुर्जाको शैक्षिक अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार