जन्मदिनमा शिक्षक दुङ्गगानाद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्रि सहयोग

धन बहादुर रोका मगर (समिर)
बेनी शुक्रबार फागुन १० गते ।
बेनी नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यामिक विद्यालयका शिक्षकले जन्मदिनमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि सहयोग गर्नुभएको छ । विज्ञान विषयमा अध्यापनरत शिक्षक बिस्नुप्रसाद दुङ्गगानाले २८ औ जन्मदिनको अबसरमा गरिब तथा जेहेन्दार बिद्यार्थीलाई ५ हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्रि सहयोग गरि सामुहिक रुपमा जन्मोत्सव मनाउनुभएको हो ।

दुङ्गगानाले आफ्नो जन्मदिन भोज भतेर गरेर मनाउनु भन्दा बिद्यार्थी संग जन्मदिन मनाउदा फरक अनुभव भएको बताउनुभयो। उहाँले गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक सामाग्रि खरिदमा पर्ने आर्थिक भारलाई केही कम गर्न सकियोस् भनि सहयोग गरिएको बताउनुभयो । दुङ्गगाना बिगत ६ बर्ष देखि दिपक माबिमा अध्यापनरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार