जिप दुर्घटनाका गम्भीर घाईतेलाई पोखरा पठाइयो

म्याग्दी आईतवार माघ २७ गते ।म्याग्दीको रघुगंगा गाउँपालिका ३ पिप्लेमा आइतबार दिउँसो जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर दुई घाईते मध्ये एकलाई गाउँपालिका अध्यक्ष्य भवबहादुर भण्डारीको पहलमा थप उपचारका लागि हेलिमा कास्कीको मनिपाल अस्पताल पोखरा पठाइएको छ ।

राखुबाट बेनी आउँदै गरेको ग १ ज ५८९९ नम्बरको जिप दुर्घटना भएको हो । घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिनुभयो ।

घाइतेमध्ये २ को अवस्था गम्भीर भएको गुरुङको भनाई छ । दुर्घटनापछि चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो । जिप सडकबाट करिव सय मिटर तल खसेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार