निशुल्क स्वास्थ्य शिविरबाट ६ सय १५ जना लाभान्वित

धु्रबसागर शर्मा
म्याग्दी शनिबार फागुन ११ गते ।
म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा पहिलो पटक आयोजना गरिएको विशेषज्ञ चिकित्सकसहितको वृहद् निशुल्क स्वास्थ्य शिविरबाट ६ सय १५ जना लाभान्वित भएका छन् ।

म्याग्दी पोखरा चौतरीको आयोजना, ज्यामारुककोट समाज नेपाल काठमान्डौ र बेनपा २ को सह आयोजनामा संचालन गरिएको १ दिने बृहद् निशुल्क स्वास्थ्य शिबिरमा पोखराका विभिन्न अस्पतालहरुका विशेषज्ञ चिकित्सकहरुले विरामीहरुको स्वास्थ्य जाँच गर्नुभएको थियो ।

शिबिरमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा.भरत खत्री , स्त्रीरोग विशेषज्ञ डा.छममाया पुन, फिजिसियन डा. रोशन श्रेष्ठ, नशारोग विशेषज्ञ डा. राजन शर्मा, हाडजोर्नी विशेषज्ञ डा.सुनिल पहाडी, फिजिसियन डा. किरण तामाङ तथा नाक कान घाटी का विशेषज्ञ डा.सञ्जय महर्जनको टोलीले बिरामीहरुको स्वास्थ्य जाँच गरेका शिविरको आयोजक संस्था म्याग्दी पोखरा चौतारीका उपाध्यक्ष एवम् शिबिरका संयोजक गोपाल घिमिरेले जानकारी दिनु भयो ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले स्वास्थ्य शिविरको उद्घाटन गर्नुभएको हो । शिविरमा विशेषज्ञ चिकित्सकहरु आएकाले स्वास्थ्य जाँच गराउनेहरुको भीड लागेको थियो । भिड व्यवस्थापनमा स्वयम्सेवकहरु परिचालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार