नेपाल मगर संघ प्रदेश नं ५ को अध्यक्षमा बिमल सारु

बुटवल मंगलबार माघ २२ गते । । नेपाल मगर संघ प्रदेश नं ५ को प्रथम ऐतिहासिक अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार विहान सम्पन्न भएको छ । बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट बिमल सारुमगर अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको छ । सारु नेपाल मगर संघ प्रदेशको तीन वर्षे कार्यकालका लागि कपिलवस्तुबाट नेपाल मगर संघ ५ नं प्रदेशको ४९ सदस्यीय कार्यसमितिको नेतृत्व गर्दै अध्यक्षमा चुनिनुभएको हो ।

अधिवेशनबाट प्रथम उपाध्यक्षमा सितलाल पुनमगर ९दाङ०, द्वितिय उपाध्यक्ष नविन थापामगर ९पाल्पा० र महिला उपाध्यक्षमा धनी आलेमगर (रुपन्देही) निर्विरोध निर्वाचित हुनुभएको छ । मूख्य सचिवमा बाँके जिल्लाबाट गोपाल पुनमगर निर्वाचित हुनुभएको छ ।

यसैगरी तीन सचिवमा श्याम बहादुर बुढामगर (रोल्पा), प्रवेश पुनमगर (पूर्वी रुकुम) र जित बहादुर तरामु मगर (गुल्मी), महिला सचिवमा चित्रकलीबुढामगर(प्युठान), कोषाध्यक्ष डि। वि। थापामगर (नवलपरासी) र सहकोषाध्यक्षमा कृष्ण बहादुर सारुमगर (अर्घाखाँची) निर्वाचित हुनुभएको छ ।

भूगोल सदस्यबाट दिल कुमारी बुढामगर (रुकुम), तारक पुनमगर ९रुकुम०, बिमला बुढा थापामगर ९रोल्पा०, देविका घर्तीमगर ९रोल्पा०, किशोर बुढामगर ९रोल्पा०, मनिषा पुन मगर ९प्युठान०, भिमेश कुमार घर्तीमगर ९प्युठान०, लेखत बहादुर रानामगर ९प्युठान०, लक्षुमन बुढामगर ९दाङ०, श्री शारदा पुन बुढामगर ९दाङ०, हिरा पुनमगर ९दाङ०, आशमाली पुनमगर ९बाँके०, भूपेन्द्र पुनमगर ९बाँके०, हस्ता थापामगर ९बर्दिया०, हिरा बहादुर पुनमगर ९बर्दिया०, रेशमलाल सोमैमगर ९कपिलबस्तु०, लक्ष्मी सारुमगर ९ कपिलबस्तु०, तारापुनमगर ९ नवलपरासी०, मन बहादुर थापामगर ९नवलपरासी०, धन बहादुर रानामगर ९पाल्पा०, मीना रानामगर ९पाल्पा०, शान्ती झेंडीमगर ९पाल्पा०, सुशिला पुनमगर ९ गुल्मी०, मनोज काउछामगर ९ गुल्मी०, दिनेश कुमार जि।एम। ९अर्घाखाँची०, बसन्ता सारुमगर ९अर्घाखाँची०, इराधा झांक्री मगर ९दाङ०, यमुना श्रीसमगर ९गुल्मी०, जुनमाया घर्तीमगर ९रोल्पा०, पूर्ण बहादुर पाइजामगर, संजीव थापामगर, तेजेन्द्र पुर्जामगर, झंक बहादुर थापा मगर, मायाँपुरा रोका मगर ९दाङ० र ज्ञान बहादुर थापामगर ९रुपन्देही० लाई सर्वसम्मतले निर्वाचित गरेको छ । नेपाल मगर संघ रुपन्देही जिल्लाबाट भूगोल तीन सदस्य मनोनयन हुन बाँकी छ ।

केन्द्रिय भाषिक उपाध्यक्ष एवं निर्वाचन अध्यक्ष मण्डलका अध्यक्ष दल बहादुर वीरकट्टाले निर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई सपथ दिलाउनु भएको थियो । निर्वाचित सबैलाई निर्वाचन अधिकृत केहरसिङ रानाले निर्वाचित प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।


निर्वाचनपश्चात बोल्दै मगर संघका नवनिर्वाचित अध्यक्ष बिमल सारुले मगरात समुदायको पहिचान र हरेक पक्षको विकासका लागि आफ्नो कार्यकाल नमुना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सारु आदिवासी जनजाति महासंघ कपिलवस्तुका अध्यक्ष रहेर भूमिका निभाइसक्नुभएका नेता हुनुहुन्छ ।

नवनिर्वाचित कार्यसमितिको अवधी ३ वर्ष रहने विधानमा व्यवस्था छ । माघ १९ गते ट्राफिकचोकमा बृहत जनप्रदर्शन सहित सम्पन्न उद्घाटन् सभालाई नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोकामगर, महासचिव ज्ञानेन्द्र पुन, उपाध्यक्ष दल बहादुर विरकट्टा, महिला नेतृ बम कुमारी बुढा, दलजीत रोका, गीता सारु लगायतले बोल्दै ५ नं प्रदेशको नामाकरण मगराँत नराखिए आन्दोलनको आँधिबेहरी ल्याउने चेतावनी दिनुभयो । नेपाल मगर संघ प्रदेश ५ को प्रथम अधिवेशनले नेृतत्वचयन सहित पहिचान र मगराँत आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउने म्याण्डेट दिएको नेताहरुले बताउनु भएको छ । नयाँ खोज

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार