पोखरामा प्रदेश स्तरिय सुचना प्रविधि सम्बन्धी बृह्त मेला हुने

साधन राम्जाली
बेनी मंगलबार फागुन १४ गते । कास्कीको पोखरामा गण्डकी प्रदेश स्तरिय सुचना प्रविधिको बृह्त मेला २०१९ हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान ) महासंघ कास्कीको आयोजनामा सो मेला संचालन हुने भएको हो ।


मेला यही फागुन १८ गतेदेखी २४ गते संचालन हुने मंगलबार बेनीमा प्रत्रकार सम्मेलन मार्फत जानकारी गाराइएको हो । मेलामा सुचना प्रविधि सम्बन्धी जानकारी दिनुका साथै पुराना मोडेलका प्रविधिहरुको प्रदर्शनि तथा कम्प्युटर टाइपिङ सम्बन्धी प्रतियोगिता संचालन हुने आयोजक क्यान महासंघ कास्कीका जिल्ला कार्यसमिति सदस्य एवम् आइटी संयोजक ईश्वर चालिसेले जानकारी दिनुभयो ।

मेलामा पुराना कमप्युटरहरु साटफेर पनि हुने आयोजक कास्की अध्यक्ष युवाराज पौडेलले जानकारी दिनुभयो । साथै उहाँले सुचना प्रविधिको विकास सम्वन्धी जानकारी दिन पनि मेलाको आयोजना गरिएको बताउनुभयो । मेला संचालनका लागि करिब २२ लाख रुपैयाँ लागत खर्च हुने अनुमान गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । मेलामा सहभागि सुचना प्रविधि सम्बन्धी जानकारी लिने अवसर सदुपयोग गर्न अनुरोध गर्नुभयो ।साथै सातौं पोखरा सिटी रेवान महोत्सव तथा फुड फस्टीभल हुने भएको छ ।


महासंघ कास्की अध्यक्ष पौडेलको अध्यक्षता तथा महासंघ म्याग्दी अध्यक्ष बामदेख रिजालको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा महासंघ गण्डकी प्रदेशका अध्यक्ष चिन्तामनी बास्कोटा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार