प्रदेश ३ मा सोनाम ल्होछारको सार्वजनिक बिदा

चितवन आईतबार माघ २० गते । सोनाम ल्होछारको दिन माघ २२ गते प्रदेश ३ सरकारले सार्वजनिक बिदा दिने भएको छ। आइतबार सूचना जारी गरी तामाङ समुदायले मनाउने साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने जनाएको हो।

चन्द्र पात्रोअनुसार हरेक वर्ष ल्हो परिवर्तन हुने तिथिअनुसार यस वर्ष कुकुर वर्गको विदाई र बँदेल वर्गको स्वागत गरी ल्होछार मनाउँदै छन्। नयाँ वर्षका रुपमा मनाइने २८५५ औँ सोनाम ल्होछारमा शुभकामना आदानप्रदान गर्ने, मिठो मसिनो खाने, गुम्बामा गई पूजा गर्ने, हरेक घरमा शान्तिको प्रतीक लुंदर राख्ने, आफन्त कहाँ जाने, आफूभन्दा ठूलाबाट आशीर्वाद लिँदै खुसी साटासाट गरी मनाइन्छ।
थाहाखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार