बालगृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल (भिडियाे सहित )

बेनी बिहिबार माघ २४ गते । म्याग्दीको बेनी बजारमा रहेको बालगृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । बालबालिकाको संख्या बढ्ढै गएको , पुरानो भवन जिर्ण भएको तथा पर्याप्त बालबालिका राख्न सक्ने क्षमता नभएकाले आवास गृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल गरिएको सभापति नेपाल बाल संगठन म्याग्दीका सभापति नेत्र बहादुर महत क्षेत्रिले बताउनुभयो ।

पुरानो भवन १४ बालबालिका राख्न सकिने क्षमता भएकाले भवनको क्षमता बृद्धिका लागि ५५ लाख रुपैयाँ बजेट आवश्यक हुने भएकाले आर्थिक सहयोगको अपिल गरिएको सभापति महत क्षेत्रिले भन्नुभयो ।

१४ जनाको अट्ने क्षमता भएको बालगृहमा अहिले म्याग्दी तथा छिमेकी जिल्लाका गरि १२ जना बालबालिका रहेको र बालबालिका आउने क्रम जारी रहेकाले आवास गृहको क्षमता बृद्धि गर्न लागिएको हो । १४ जनाको क्षमतालाई बढाएर २५ जना राख्न मिल्ने क्षमता बढाउन तयारीमा संस्था जुटेको बताउनुभयो ।

दुई तले भवन निर्माणका लागि विभिन्न संघ संस्था, स्वदेश तथा प्रवासीहरुबाट आर्थिक सहयोगको अपेक्षा गरिएको सभापति महत क्षेत्रिले बताउनुभयो । भवन सांघुरो हुँदा बालबालिकाहरुलाई समस्या भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुएको थियो । मासिक टुलो आर्थिक खर्च हुने बालगृह संचालनका लागि अक्षयकोषबाट आउने व्याज ,व्यत्तित्व, विभिन्न संघ संस्थाबाट प्राप्त आर्थिक सहयोगहरुबाट खर्च भइरहेको बताउनुभयो ।

भिडियाे हेर्नुहाेस  :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार