बुद्ध एकेडेमीको १३ औं बार्षिकोत्सक ःशिक्षामा लगानी बढाउन सुझाव

बेनी शनिबार फागुन ११ गते । ‘सम्येक सक्षमताका लागि शिक्षा’ भन्ने मूलमन्त्र सहित २०६३ सालमा स्थापित भएको म्याग्दीको बेनी नगरपालिका, २ बगरफाँट स्थित बुद्ध एकेडेमीले आफ्नो १३ र्औ बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्यरुपमा मनाएको छ ।
पाँच दिनसम्म खेलकुद लगाएतका विविध कार्यक्रमहरुको आयोजना गरी शुक्रवार वार्षिकोत्सव समारोहको आयोजना गरेको हो ।


वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले शिक्षा र स्वास्थ्यमा जति लगानी गरेपनि त्यो लगानी खेर नजाने हुँदा लगानी वृद्धिगर्दै गुणस्तरीय र जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने बताए ।


त्यसैगरी प्याब्सन म्याग्दीका उपाध्यक्ष हिरा पुनले शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनका लागि नीजि विद्यालयहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै राज्यले नीजि विद्यालयहरुलाई सौतिलो व्यवहार नगरी सहयोगि भूमिका निर्वाहा गर्न आग्रह गरे ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण विक, स्थानीय सामाजिक अगुवा क्या.मीनबहादुर कार्की,विद्यालय अभिभावक सम्पर्क समितिका अध्यक्ष गेमबहादुर घर्तीमगरले बुद्ध एकेडेमी बुद्ध एकेडेमीले शैक्षिक र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै यस्तै गतिविधिलाई निरन्तरता दिन आग्रह गरे ।


कार्यक्रममा विद्यालयका प्रिन्सिपल धु्रबसागर शर्माले अतिथी एवम् उपस्थित अभिभावकहरुलाई स्वागत गर्दै गुणस्तरीय शिक्षा र अनुशासनमा विद्यालयले कसैसंग कुनै किसिमको सम्झौता नगर्ने र बुद्ध एकेडेमीलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गरे । विद्यालयका संचालक एवम् प्रवन्धक राजकुमार थापाले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै आगामी दिनमा विद्यालयको भौतिक पूर्वाधारदेखि लिएर शैक्षिक सुधारमा समेत विशेष ध्यान दिइने बताए ।


सोही अवसरमा विभिन्न शिक्षक, अभिभावक र विद्यार्थीहरुका छुट्टाछुट्टै खेलकुद प्रतियोगिताका विजयी एवं विद्यालयका विभिन्न आन्तरिक प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरियो ।
कार्यत्रममा अभिभावक तथा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रर्दशन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार