बेनी बजार संरक्षण सुरु (भिडियो सहित )

साधन राम्जाली मगर
शुक्रबार माघ २५ गते । देशको पाचौं उच्च जोखिम युक्त सदरमुकामको सुचिमा रहेको म्याग्दीको बेनी बजार जोगाउने योजना सुरु भएको छ । पोखरामा रहेको रुपा ताल एकिकृत संरक्षण विकास परियोजना संग सम्झौता गरि उपभोक्ता समिती मार्पmत शुक्रबारदेखी काम सुरु गरिएको हो ।

चार वटा उपभोक्ता समिति गठन गरि शुक्रबार देखी सुरु निर्माण कार्य थालिएको छ । ठेक्का प्रक्रियाबाट योजना कार्यान्वयन गर्दा बढी समय लाग्ने भएकाले चार वटा प्याकेजमा विभाजन गरि मार्फत उपभोक्ता समिति मार्फत योजना कार्यन्वयनलाई अगाडी बढाइएको हो ।

वडा नं ७ र ८ मा पर्ने कालिगण्डकी नदिमा १ सय ७१ मिटर ग्याविन सहितको अस्थाई पर्खाल र पहिलेको कंक्रिट पर्खाल संरक्षणका लागि १ सय ८० मिटरमा जाली विछ्याउने काम हुने गणेश टोल कालिगण्डकी संरक्षण उपभोक्ता समितिका अध्यक्ष उत्तमकुमार कर्मचार्यले जानकारी दिनुभयो ।

२ करोड ८५ लाख रुपैयाँ बजेटको लागतमा निर्माण हुन लागेको आयोजनामा स्थानियको १० प्रतिशत श्रमदान रहने अध्यक्ष कर्माचार्यले जानकारी दिनुभयो । तीन महिनामा सक्ने सम्झौता भए पनि उपभोक्ता समितिले डेढ महिनामा सक्ने लक्ष्य सहित फास्ट ट्रयाक मार्फत निर्माण कार्य अगाडी बढाइने उहाँले बताउनुभयो ।

ठेक्का प्रक्रियाबाट योजना कार्यान्वयन गर्दा बढी समय लाग्ने भएकाले चार वटा प्याकेजमा विभाजन गरि मार्फत उपभोक्ता समिति मार्फत योजना कार्यन्वयनलाई अगाडी बढाइएको अध्यक्ष कर्माचार्यले बताउनुभयो । आयोजना निर्माणका लागि बेनी नगरपालिका र जलजला गाउँपालिका बिच पाँच सदस्य समन्यव समिति गठन गरिएको छ ।

भिडियो हेनुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार