भिम माविलाई उपाधि जिताउन सुस्मिता एक्लैले लिइन् चार स्वर्ण

दरबाङ्ग आइतबार फागुन ५ गते । म्याग्दीको मालिका गाउँपालिका दरबाङ्गमा सम्पन्न गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भिम मावि राजदाङ्गकी छात्रा सुस्मिता घर्ति मगरले चार स्वर्ण जित्नुभएको छ ।

आइतबार सम्पन्न प्रतियोगितामा १६ बर्षिया घर्तिले एथलेटिक्स तर्फको साहसिक ३ हजार मिटर दौड ,४×१०० रिले दौड ,४×४०० र ४०० मिटर दौड विदामा भाग लिएर चार स्वर्ण पदक जित्न सफल हुनुभएको हो । तीन दिन सम्म संचालन भएको प्रतियोगितामा घर्ति मगर विभिन्न विदामा छात्र÷छात्रा तर्फ सबैभन्दा बढी स्वर्ण पदक जित्ने एक्ला खेलाडी बन्नुभएकी छ ।


घर्ति मगर भिम मावि राजदाङ्गमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । घर्ति मगरको चार स्वर्णको योगदान संगै भिम माविले गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि चुम्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार