मगर विद्यार्थीसंघको अध्यक्षमा बिजय चयन

बेनी, माघ १९ गते । नेपाल मगर विद्यार्थी संघ म्याग्दीको शनिबार बेनीमा सम्पन्न आठौ जिल्ला अधिवेशनबाट बिजय घर्तीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको छ । संघको उपाध्यक्षमा दलबहादुर रोका (दर्पण), सचिवमा धनबहादुर रोका (समिर), कोषाध्यक्षमा भरत अर्मजा र सहसचिवमा लक्ष्मी पुन निर्वाचित हुनुभएको छ ।

सदस्यहरुमा कुशुम पुर्जा, निर्मल पुर्जा, नरु थजाली, भरत बुढाथोकी, अनिष अर्मजा, लालकुमार रोका, प्रतिक्षा पुनमगर, ज्योती पुन मगर, थबहादुर पुन, रञ्जना गर्बुजा, बेगप्रसाद घर्तीमगर, लीला पुर्जा, रवीना पुन र दिवाना पुर्जा चयन हुनुभएको नवनिर्वाचित सचिव रोकाले जानकारी दिनुभयो ।


नेपाल मगर विद्यार्थी संघ म्याग्दीका अध्यक्ष श्याम थापाको अध्यक्षता, गिता बुढाको सञ्चालन र उपाध्यक्ष लालबहादुर थापाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा नेपाल मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजालीले भाषा, कला संस्कृतिको संरक्षणसँगै संबैधानिक अधिकार र अवसरको सदुपयोग गरेर राजनितिक तथा प्रशासनिक क्षेत्रमा पनि पहुँच बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मगर विद्यार्थी संघका केन्द्रीय सदस्य प्रेम रोका, लाल पुर्जा, साविकको धवलागिरी अञ्चल अध्यक्ष बिष्णु आले लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । अधिवेशन अघि मगर समुदायको जातीय पहिचान झल्कने झाँकी सहित बेनी बजार परिक्रमा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार