मालिकामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड हुने

शुक्रबार माघ २५ गते । म्याग्दीको मालिका गाउँपालिकाले गाउँपालिका स्तरिय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ । बिहिबार बसेको गाउँकार्यपालिकाको वैठकले वडा नं ६ दरबाङमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय भएको १ नम्वर वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता टंकप्रसाद पुन मगरले जानकारी दिनुभयो ।

बिहिबार बसेको कार्यपालिका तथा गाउँशिक्षा समितीको बैठकबाट फागुन ३ गतेदेखी ५ गते सम्म संचालन हुने प्रमुख प्रशाकिय अधिकृत बुद्धिराम उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन दिन सम्म संचालन हुने कार्यक्रममा गाउँपालिका भित्र रहेका माध्यामिक तहका विद्यार्थीहरु विचमा प्रतियोगिता सञ्चालन हुनेछ । तीन दिन सम्म सञ्चालन हुने कार्यक्रममा ६ लाख पचास हजार रुपौयाँ खर्च हुने अनुमान गरिएको अधिकृृत उपाध्यायले जानकारी दिनुभयो ।

एघार विद्यायलयको सहभागिता रहने कार्यक्रममा एथलेटिक्स, भलिबल र कवडि गरि तीन बिदाका प्रतियोगिता सञ्चालन हुने शिक्षा संयोजक तेजप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने विद्यालयले ५० हजार रुपैयाँ, शिल्ड ,मेडल र प्रमाणपत्र,द्धितिय विद्यालयले २५ हजार रुपैयाँ ,मेडल र प्रमाणपत्र तथा तृतिय हुने विद्यालयले १५ हजार रुपैयाँ,मेडल र प्रमाणपत्र पुरस्कार पाउने कार्यक्रम संयोजक एवम् वडा नं ६ का अध्यक्ष सन्तनाथ जैसीले जानकारी दिनुभयो । साथै उहाँका अनुसार छात्र र छात्रा भलिबल खेल,कवडि र एथलेटिक्सतर्फका प्रथम, द्धितिय तथा तृतिय हुने विद्यालयले क्रमश १० हजार,७ हजार र ५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । कार्यक्रम सफल बनाउन विभिन्न उपसमिति गठन गएिको छ ।

विद्यालय स्तरका खेल प्रतिभाको पहिचान गरि उनिहरुलाई जिल्ला, प्रदेश हँुदै राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म अवसर दिलाउने उद्देश्यले खेलकुद मन्त्रालय र खेलकुद परिषद्सँगको समन्वयमा प्रतियोगिता सञ्चालन गर्न लागिएको गााउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार