म्याग्दीकी प्रमिलाको जापानमा उपचारको क्रममा निधन ,दुधे छाेरिकाे बिचल्ली

म्याग्दी, शुक्रबार माघ २५ गते । बेदेशिक अध्ययन तथा रोजगारिको शिलशिलामा जापानमा कार्यरत एक म्याग्देली चेलिको दुखत निधन भएको छ । श्रीमान दिनेश संगै जापानको कुवानामा बस्दै अाउनुभएकी म्याग्दीको रघुगंगा गाउँपालिका– ३ दुलेपानीकी प्रमिला दर्जीको उपचारको क्रममा विहिवार निधन भएको हो । एक महिना अघि अस्पतालमा छोरी जन्माउनुभएकी प्रमिलालाई ब्रेन ट्युमरको संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

प्रमिलाको निधन भएपछि जापानमै रहेका उहाँका श्रीमान दिनेश भावविहल हुनुभएको छ । बच्चा जन्माएपछि उहाँलाई अस्पतालमा ब्रेन ट्युमरको सल्यक्रिया गरिएको थियो । प्रमिलाको उपचारका लागि हर प्रयास गरेका गरिरहेका म्याग्दीलीहरुलाई असह्य पिडा भएको छ ।

“प्रमिलाको निधनले हामिलाई असह्य पिडा भएको छ, म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय समिति नागोयाका अध्यक्ष रुपेश चोचाङ्गी पुन मगरले भन्नुभयो । प्रमिलालाई बचाउन हामिलले कुनै कसुर बाँकी राखेनौँ ,निष्ठुरी दैवले अत्यमा असफल बनाइदियो ।”

दर्जीको उपचार र बालिकाको पालनपोषणको लागि म्याग्दी प्रवासी नेपाली संघ ९मोना ० जापान र क्षेत्रीय समिति नागोयाले आर्थिक संकलन गरिरहेका थिए । उपचारमा समेत लाखौँ खर्च लागेको व्यहोरेका प्रमिलाका श्रीमान दिनेशलाई यतिबेला पत्नी वियोगको पिडामा नवजात बालिका हुर्काउने जिम्मेबारी थपिएको छ ।
दिवंगत दर्जीको सबलाई शनिवार मियकेनको निशिबश्सो कुवाना भन्ने ठाउँमा अन्त्योष्टी गर्ने तयारी भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार