रहेनन् म्याग्दीका पहिलो राष्ट्रिय पञ्चायत सदस्य पुन

म्याग्दी बुधबार फागुन ८ गते । राष्ट्रिय पञ्चायत सदस्य बलमान पुन मगरको निधन भएको छ । मंगलबार पुन मगरको काठमाण्डौं स्थित नर्भिक अस्पतालमा विहान करिव १० : ५० बजेकाे समयमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।


विक्रम संवत १९७७ मा म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोटमा जन्मनुभएका पुन मगरका तीन छोरी र पाँच छोरा हुनुहुन्छ । आधारभुत तहको शिक्षा हासिल गर्नु भएका पुन मगर विक्रम संवत २०१९ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा म्याग्दीबाट पहिलो सांसदको रुपमा निवार्चित हुनुभएकाे थियो ।

चार बर्षे राष्ट्रिय पञ्चायत सदस्य कार्यकाल समाप्ती संगै पुन मगरले गृह जिल्ला म्याग्दीमा आएर कार्यबाहक जिल्ला ञ्चायत सभापतिको रुपमा रहेर केही समय नेतृत्व सम्हाल्नुभएको थियो ।
राजनितिक तथा सामाजिक क्षेत्रमा सक्रिय पुन मगरले गाउँमा विद्यालय स्थापना गरि गाउँलाई शैक्षिक क्षेत्रमा अगाडी बढाउन महत्वपुर्ण भुमिका खेलेको गाउँबासीहरु बताउछन् ।


निडर अनि झुझारु स्वभावका पुन मगरले म्याग्दीबाट सांसद भए लगत्तै गृह जिल्लामा सामाजिक सुधार ,विकास तथा ग्रामिण भेगमा शैक्षिक विकासका लागि महत्वपुर्ण भुमिका खेलेको सरकारवालाहरु तथा उहाँका राजनितिक समकक्षीहरुकाे भनाई छ ।


आधारभुत तहको शिक्षा हासिल गर्नुभएका पुन मगर पञ्चायत सदस्य,कार्यबाहक जिल्ला पञ्चायत सभापति तथा विभिन्न सामाजिक क्षेत्रमा सक्रिय पुन मगर पछिल्लो केही बर्ष यता भने राजनितिक क्षेत्रमा भन्दा बढी सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार