समाचार छापेको भन्दै पत्रकारमाथि सांघातिक आक्रमण

सर्लाही मंगलबार माघ २९ गते । सामुदायिक रेडियो सर्लाहीका समाचार सम्पादक सोम दियालीमाथि सांघातिक आक्रमण भएको छ । नेपाल पत्रकार महासंघ सर्लाहीका सदस्यसमेत रहेका दियालीलाई मंगलबार नचिनेका मान्छेले सर्लाहीको सुकेपोखरीमा आक्रमण गरेका हुन् ।

आक्रमणबाट दियालीको ठाउकोमा गम्भीर चोट लागेको छ । उहाँको अहिले सर्लाहीको हरिवनमा रहेको स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ । आफूले केही दिनअघि बाग्मती नगरपालिकाको समाचार लेखेको कारण आफूमाथि आक्रमण भएको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखा र नेपाल प्रेस युनियन सर्लाहीले विज्ञप्तिमार्फत आक्रमणको भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

आक्रमणमा संलग्न भएकामध्ये एक जना पक्राउ परेको र बाँकीलाई छिट्टै पक्राउ गरी कारबाही गरिने सर्लाही प्रहरी प्रमुख एसपी पोषराज पोख्रेलले जानकारी दिनुभयो । उज्यालो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार