सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी तालिम

सिजन रोका
बाबियाचौर, सोमबार माघ २१ गते । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी तालिम सम्पन्न भएको छ ।

मंगला गाउँपालिकाको आयोजनामा २ दिनसम्म सञ्चालन भएको तालिममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तालिमको प्रजिअ लीलाधर अधिकारी, म्याग्दीका जिल्ला समन्वय अधिकारी अर्जुनकुमार शर्मा, पर्वतका समन्वय अधिकारी बिष्णुप्रसाद भुषाल र कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका प्रमुख चन्द्रशेखर सापकोटाले सहजिकरण गर्नुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षता, उपाध्यक्ष सिर्जना केसीको मन्तब्य र शिक्षा शाखाका संयोजक डेकबहादुर बानियाले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो ।
तस्विर ःजगत बानियाँ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार