हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातै जनाकाे निधन

ताप्लेजुङमा भएकाे हेलिकप्टर दुर्घटनामा परेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सबैको मृत्यु भएको पुष्टि भएको छ ।

बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङको चुहानडाँडामा एयर डानेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र  क्याप्टेन प्रभाकर केसीको निधन भएको हो ।

यसैबीच गृहमन्त्रालयले केही बेरअघि पत्रकार सम्मेलन गरी हेलिकप्टरमा सवार सबै ७ जनाको निधन भएको र सबै शव प्राप्त भएको जानकारी गराएको छ । मन्त्री अधिकारी र उहाँका पीएसओको शव चिन्न सक्ने अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ गएको मन्त्रालयले जनाएको छ ।

सबैको मृत्यु भएको पुष्टी भएपछि अहिले बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ ।  

‘हाम्रा साथीहरु त्यहाँ पुगिसक्नुभएको छ, हवल्दारले हामीलाई जानकारी गराएअनुसार ५ वटा शव भेटिएको छ’ जिप्रका ताप्लेजुङका ड्युटी अफिसरले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । 

पाथिभराबाट तेह्रथुममा रहेकाे चुहानडाँडा विमानस्थलकाे अवलाेकनका लागि उडेको हेलिकप्टर पाथिभरा नजिकै  तारेभिरमा दुघर्टना भएको हो । 

एएमआई अल्फा माइक इन्डिया कल साइनको दुघर्टनाग्रस्त हेलिकप्टर आज बिहान साढे ८ बजे काठमाडौँबाट ताप्लेजुङ गएको थियो । 

दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ । स्थानीय नागरिक घटनास्थलमा पुगिसकेको भए पनि जिल्लास्थित सरकारी अधिकारी तथा प्रहरीको टोली पुग्दै छ ।  

दुर्घटनास्थलमा पुगेका रतन कार्कीले हेलिकप्टरको दुई वटा पङ्खा मात्र बाँकी रहेको र अन्य भाग जलेर नष्ट भएको बताउनुभयो । उहाँले अहिले मानिसका शवहरु बलिरहेको र हेलिकप्टरको अन्य भाग जलेर नष्ट भएको फोनमार्फत जानकारी दिनुभयो । 

पाथीभरा फेदीदेखि १ घण्टा ३० मिनेटको समयमा पुगिने पाथीभराको उत्तरपट्टिको मोहोडामा पर्ने भिरमा पाथीभरा देवीको मन्दिरदेखि हेलिकप्टर उडेको ३ मिनेटमा ठूलो आवाज आएको प्रत्यक्षदर्शीले बताएका छन् ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार