८१ बर्षिया बृद्धा बलात्कृत

बेनी आइतबार फागुन १२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका, ३ राखु पिप्लेकी ८१ बर्षिया बृद्धा बलात्कृत हुनुभएको छ । शुक्रवार राती १० बजे आफ्नै घरमा स्थानीय ३३ बर्षिय गोरे दर्जीले कान नसुन्ने, मुख नबोेल्ने अपाङ्ग बृद्धालाई बलत्कार गरेको जिल्ला प्रहरीे कार्यालय म्याग्दीले जनाएको छ ।

सांकेतिक तस्बीर


राती घरभित्र बृद्धा मात्र सुतेको अवस्थामा छिमेकी दर्जीले एक्लै भएको मौका छोपी बलत्कार गरेको छिमेकीले प्रहरीलाई दिएको निवेदनमा उल्लेख गरिएको छ । बलत्कारमा संलक्न अभियुक्त दर्जिलाई भाग्न लागेको अवस्थामा छिमेकीले समाति प्रहरीको जिम्मा लगाइदिएका थिए ।
आरोपित दर्जीलाई शुक्रवार राती नै घरबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकबहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार