अझै भेटिएनन् नदिमा बेपत्ता बालक ,खोजी गर्न गोटाखोर परिचालन

बेनी बिहिबार फागुन ३० गते । बुुधबार पौडी खेल्ने क्रममा अपराह्न ४ बजे म्याग्दी नदिमा बेपत्ता बालक अझै सम्म पनि भेटीएका छैनन् । यता जिल्ला प्रहरी कार्यालय म्याग्दीले पनि खोजी कार्यलाई प्रभावकारी बनाउन बेपत्ता बालकको खोजिका लागि विहिबार तालिम प्राप्त गोटाखोरको टोली परिचालन गरेको छ ।

गोटाखोर परिचालन गरे पनि बेपत्ता बालकको अवस्था भने पत्ता लगाउन सकेको छैन् । शसस्त्र प्रहरीको गोटाखोर टोलीले नदीभित्रै पसेर घटनास्थलमा दिनभर खोजेपनि नभेटिएको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताउनुभयो ।

जिल्लाको अन्नपुर्ण गाउँपालिका –८ राम्चे ,काफलडाडाँ निवासी अन्दाजी १४ –१५ बर्षे हेमचन्द्र्र गर्बुजा मगर अपराह्न विद्यालयबाट छुट्टी भएर घर फर्किने क्रममा गबुर्जा सहित दुई जना साथीहरु बेनी नगरपालिका ७ मंगलघाट स्थित म्याग्दी नदिमा पौडी खेल्न गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।


बेनी नगरपालिका ७ स्थित सामुदायिक माविमा कक्षा ९मा अध्ययनरत गबुर्जा मंगलाघाटमा आफन्त संग डेरामा बस्दै आएका थिए । उद्धार गरिएका छन्त्यालको अवस्था सामान्य रहेकाले आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । गहिरो एवम्् भुमरी परेकाले एक्कासी डुवेको छन्त्यालले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार