एसइइ परिक्षा लक्ष्यित सेनेटरी प्याडको व्यवस्था

साधन राम्जाली

बेनी शुक्रबार चैत्र १ गते । चैत्र १० गतेदेखि सुरु हुन लागेको एसइइ परिक्षालाई लक्ष्यित गरि म्याग्दी स्थित परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाइएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले परिक्षाको समयमा महिनावारी हुने छात्राहरुको सहजताका लागि प्रदेशका २१७ वटा परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाएको छ ।

मन्त्रालयकी निर्देशक तुलसा अर्याल र महिला विकास अधिकृत बिष्णुमाया पौडेलले म्याग्दीका ९ वटा परिक्षा केन्द्रमा सेनेटरी प्याड खरिदका लागि शुक्रबार शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख केश वहादुर बुढाथोकीलाई १५्र हजार रुपैयाँको चेक उपलब्ध गराउनुभएको हो ।

माध्यमिक परिक्षा (एसइइमा) म्याग्दीबाट एक हजार १ सय ११ छात्रा र एक हजार १ सय ३१ छात्र गरि कुल दुई हजार २ सय ४२ जना परिक्षार्थी सहभागी हुने इकाईका निमित्त प्रमुख बुढाथोकीले बताउनुभयो । दुई जना दृष्टिविहीन छात्र पनि एसइइमा सहभागी हुदैछन् ।

कुल छात्रा संख्याको १५ प्रतिशतका लागि आवश्यक सेनेटरी प्याड खरिद गर्न रकम उपलब्ध गराइएको महिला विकास अधिकृत पौडेलले बताउनुभयो ।

७५ प्रतिशत हाँजिरी नपुगेका कारण परिक्षाका लागि आवेदन दिएका मध्य ३१ जना परिक्षामा सहभागि हुनबाट बञ्चित भएका छन् । विद्यालय छाडेका र नियमित हाजिरी नभएका कारण उनिहरुले परिक्षा दिनबाट बञ्चित भएका हुन् ।

परिक्षा दिनबाट बञ्चित हुनेमा सबैभन्दा बढी ५ जना धवलागिरी गाउँपालिका २ को लमसुङ माविका छन् । प्रकाश माविमा सञ्चालित खुल्ला विद्यालयबाट एसइइमा सहभागिताका लागि आवेदन फारम भरेका ३० जना मध्य ५ जना पनि हाँजिरि नपुगेकाले अयोग्य भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार