ओमकुमारी शान्ति कोषलाई ५ लाख रुपैयाँ सहयोग

साधन राम्जाली
बेनी बुधबार चैत्र ६ गते । लामो समयदेखी जिल्लामा परोपकारी संस्थाको रुपमा गरिब र विपन्न परिवारको उपचारमा सघाउँदै आइरहेको ओमकुमारी शान्ति कोषलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ ।

विक्रम संवत २०७१ सालमा स्थापना भएको परोपकारी संस्था ओमकुमारी शान्ती कोषको अक्षकोष स्थापनार्थ म्याग्दी अन्नपुर्ण –८ नागि निवासी हाल हङकङमा बस्दै आउनुभएका समाजसेवी,मिक हङकङका संचालक समितिका अध्यक्ष एवम् मोना हङकङका सल्लाहकार राजु पुन मगरले श्रीमती देवामाया पुन (सेती) को नामबाट सो सहयोगको घोषणा गर्नुभएको हो ।

बुधबार बेनीमा ओमकुमारी शान्ती कोषका पदाधिकारी तथा पत्रकारसंगको भेटको क्रममा पुन मगरले सो आर्थिक सहयोगको घोषणा गर्नुभएको हो । गरिब तथा बिपन्न परिवारका विरामीहरुले आर्थिक अभावमा अकालमै ज्यान गुमाउन नपरोस भनि स्थापना हुन लागेको ओमकुमारी शान्ती कोषका अक्षकोषलाई हङकङमा कार्यरत मोना म्याग्दीलिहरुले ठुलो सहयोगको घोषणा समेत गरिसकेका छन् ।

सहयोग संगै पुनकी श्रीमती पुन (सेती) शान्ति कोषको व्यक्तीगत आजिवन संरक्षक सदस्य बन्नुभएको छ । आर्थिक सहयोगको घोषणा गर्नुहुँदै पुनले जिल्लामा आर्थिक अभावका कारण गरिव एवम् विपन्न परिवारका विरामी उपचारबाट बञ्चीत नहुन् भनेर सहयोग गरिएको बताउनुभयो ।

यसैगरि ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यले सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले जिल्लाका गरिब र विपन्न परिवारका बिरामीहरुले आर्थिक अभावकै कारण ज्यान गुमाउन नपरोस् भनि अक्षकोषको स्थापना गर्न लागिएको स्पष्ट पार्नुभयो । ‘जिल्लाका गरिब तथा विपन्न परिवारका विरामीहरुले आर्थिक अभावकै कारण उपचारबाट बञ्चित एवम् अकाल्मै ज्यान गुमाउन नपरोस् भनि हामीले अक्षकोषको स्थपना गरेका हौ ।’ उहाँले भन्नुभयो ।“ देश विदेशमा रहनुभएका म्यागदीलीहरुको सहयोग र हौसला संगै अक्षयकोषलाई १ करोड ५० पु¥याउने लक्ष्य लिएका छौ ।”

साथै उहाँले आर्थिक सहयोग पारदर्शि रुपमा सम्वन्धीत शिर्षकमा खर्च हुने गरेको बताउनुभयो । कोषका अध्यक्ष शाक्यको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत मन्तव्य, सचिव लोकश पुन मगरको संचालनमा कार्यक्रम समापन भएको थियो । कार्यक्रममा समाजसेवी एवम् मिक हङकङका सिए इन्द्र पुर्जा पुनको उपस्थिती रहेको थियो ।


कबि सात सय आजिवन सदस्य रहेको कोषले एक सय ११ विरामीको उपचार गरिसकेको सचि पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार एक सय ११ मध्य २५ जना जटिल रोगका विरामीको उपचार गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार