क्युपेकको प्रशिक्षण

गंगा पुन
बेनी शनिबार फागुन १८ गते । नेपाल बिजुली, पलम्बर, पेन्टर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपालको शुक्रबार बेनीको हाँडेभिर स्थित नेकपा पार्टी कार्यालयमा अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ ।

म्याग्दी, बाग्लुङ र पर्वतका जिल्ला तथा गाउँ कमिटिका पदाधीकारी र सदस्यहरु गरि ४२ जना सहभागि कार्यक्रममा क्युपेकका केन्द्रिय कार्यालयका राजेन्द्र बिष्टले प्रशिक्षण दिनुभएको थियो ।

नेकपा म्याग्दीका नेता हरिकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता, बिन्दुकुमारी श्रेष्ठको सञ्चालन, क्युपेक म्याग्दीका अध्यक्ष महाप्रसाद राइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय कार्यालयका बलादेवी राइको पनि उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार