खेलाडी सम्मानित

बेनी सोमबार फागुन २७ गते । म्याग्दीको बेनि नगरपालिका –७ महारानीथामा रहेको माउण्ट एभरेष्ट आवासिय माविले खेलाडीहरुलाई सम्मान गरेको छ । महारानीथान स्थित नव निर्मित भवनमा कक्षा आरम्भ गरेको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थिहरुलाई सम्मान गरिएको हो ।

खुल्ला आठौं राष्ट्रिय खेलकुद छनौट प्रतियोगितामा गण्डकी प्रदेशमा पुरस्कृत एवम् राष्ट्रीय खेलकुदमा छनौट भएका खेलाडिहरुलाई विद्यालयले सोमबार एक कार्यक्रमका विच सम्म्मान गरिएको विद्यालयका शैक्षिक निर्देशक राजु केसिले जानकारी दिनुभयो ।

सम्मानित ह्नेमा खुल्ला आठौं राष्ट्रिय खेलकुद छनौट प्रतियोगितामा गण्डकी प्रदेशमा पुरस्कृत भएका कवडी पुर्णकुमारी किसान र लक्ष्मी विक ,भलिबल सुष्मी पुर्जा ,माया तिलिजा , र मेनुका तिलिजा , बास्केटबल गणेश पुन मगर ,उशु अनिश राम्जाली र अभिष्ोक बानियाँ , टेक्वाण्डो ममता गर्बुजा ,सृजना ब।ाइली , प्रमोद परियार र स्वेता शाक्य र कराते तर्फ रेट्रोना बानियाँ सुदिना बु्ढा मगर र मार्शल गर्बुजा तथा राष्ट्रीय खेलकुदमा छनौट हुन सफल कवडी पुर्णकुमारी किसान , लक्ष्मी विक , भलिबल जमानसिङ परियार ,वास्केटबल गणेश पुन मगर उशु अनिष राम्जाली र टेक्वाण्डो तर्फ ममता गबुर्जालाई सम्मान गरिएको थियो । सम्मानित खेलाडिहरुलाई प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले खादा र अबिर लगाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि केसीले शैक्षिक क्षेत्रमा मात्र नभई खेलकुद क्षेत्रमा पनि विद्यालयहरुले जोड दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि केसीले नवनिर्मित भवन उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ ,वडा नं ७ का अध्यक्ष राजेन्द्र श्रेष्ठ,वडा नं ८ का अध्यक्ष रामकृष्ण बराइलि ,वडा नं ६का अध्यक्ष कृष्ण बहाुर बानियाँ लगायत अन्य विभिन्न संघ संस्थामा आवद्ध प्रतिनिधिहरुले शैक्षिक प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।


म्याग्दीका पर्यटकिय स्थलहरुको पर्यटन प्रबद्धनका लागि कक्षाको नामाकरण पर्यटकिय स्थलहरुको राखिएको प्रिन्सिपल डा त्रिदिप उपाध्यायले जानकारी दिनुभयो । जिसस प्रमुख केसीको प्रमुख आतिथ्यता , संचलक समितिका कार्यबाहक प्रमोद श्रेष्ठको अध्यक्षता ,डा उपाध्याय, विद्यार्थि आयुष्मा सुवेदीको स्वागत र भाइस प्रिन्सीपल अमृत सापकोटाको संचालनमा कार्यक्रम समापन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार