गाउँपालिकाको कार्यालयका लागि छ्यारछ्यारेमा जग्गा व्यवस्थापन (भिडियाे सहित )

बेनी बुधबार फागुन २२ गते । म्याग्दीको मालिका गाउँपालिका केन्द्र दरवाङमा गाउँपालिका लगायत सरकारी कार्यालय र सुरक्षा निकायको भवन निर्माणका लागि छ्यारछ्यारेमा रहेको सार्वजनिक जग्गाको व्यवस्थापन भएको छ ।

गाउँपालिका र वडा कार्यालयले बुधबार आयोजना गरेको आम भेला मार्फत दरवाङको छ्यारछ्यारेमा ५३ रोपनी सार्वजनिक जग्गा व्यवस्थापनका लागि स्थानीय स्तरमा सहमती जुटेको हो । समुदाय स्तरबाट जुटेको सहमती कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय मार्फत संघीय सरकारको मन्त्री परिषद्बाट निर्णय गराउन प्रक्रिया अघि बढाइने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो ।जग्गा व्यवस्थापनको लागि जुटेको सहमती गाउँपालिका र दरवाङका लागि महत्वपूर्ण उपलब्धि भएको अध्यक्ष रोका मगरले बताउनुभयो ।

भिडियो हेर्नुहोस् :

सबै स्थानिय सरकारको कार्यालय व्यवस्थापनका लागि लागि जग्गा व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयले सहजिकरण र समन्वय गरि सहज बातावरण निर्माण गर्ने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो दिनुभयो ।

स्थानिय स्तरमा जुटेको सहमती अनुसार छ्यारछ्यारेमा गाउँपालिकाको साथै इलाका प्रहरी कार्यालय, खेलमैदान, अस्पताल र बसपार्क समेत निर्माण गरिने वडाध्यक्ष सनतोष सुवेदीले जानकारी दिनुभयो । भेलामा प्रजिअ लीलाधर अधिकारी, मालपोत अधिकृत मुकुन्द पौडेल, डिभिजन वन अधिकृत हरिशचन्द्र सापकोटा, प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासीनी, नापी कार्यालयका प्रतिनिधिका साथै स्थानीयबासी, अगुवा र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

म्याग्दी नदी किनारमा रहेको सार्वजनिक जग्गालाई पहिले संरक्षण गरेर त्यसपछि पूर्वाधार निर्माणको काम गरिने उपाध्यक्ष खरमाया बिटालुले बताईन ।उपाध्यक्ष बिटालुले सहमती अनुसार मन्त्रिपरिषद्बाट जग्गा व्यवस्थापनका लागि निर्णय गराउन प्रक्रिया अघि बढाइने बताएकी थिईन ।

गाउँपालिकाको कार्यालय हाल वडा कार्यालयको भवनबाट सञ्चालन हुदै आएको छ । भाडाको घरबाट सञ्चालन हुदै आएको ईलाका प्रहरी कार्यालय दरवाङका लागि एक दशकदेखि जग्गाको खोजी भइरहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार