तीन दिने निशुल्क योग शिविर सुरु (फोटो फिचर सहित )

बेनी बुधबार चैत्र १३ गते । म्याग्दीको सदरमुकाम बेनीमा योग शिविर सुरु भएको छ । नविन आनन्द योग केन्द्रको समन्वय र गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सो शिविर सुरु भएको हो । बुधबार देखी सुरु भएको शिविर तीन दिन सम्म संचालन हुने आयोजकले जनाएको छ ।

शिविरको उद्घाटन गर्नुहुँदै आयोजक सामाजिक विकास मन्त्री नरदेबी पुन मगरले मानिसको शरिरलाई स्वस्थ राख्नका लागि योग साधना आवश्यक भएको बताउनुभयो । स्वास्थ्य स्वस्थ भएमा मात्र समाज स्वस्थ्व हुने बताउनुभयो । उहाँले समाज स्वस्थ राख्न सबैको स्वास्थ्य स्वस्थ हुनुपर्नेमा जोड दिनुभयो ।


स्वास्थ्य उपचारबाट निको नभएका रोगको उपचारको विकल्पको रुपमा योग साधना भएकाले शिविरको आयोजनका गरिएको उहाँले बताउनुभयो । साथै निशुल्क योग शिविर गण्डकी प्रदेशका ११ वटै जिल्लामा संचालन हुने जानकारी दिनुभयो ।

तीन दिन सम्म संचालन हुने शिविरमा योग,निशुल्क रक्तदान परिक्षण र आयुर्वेद शिविर पनि संचालन हुने सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य निरिक्षक मोहदत्त ढकालले जानकार्री दिनुभयो ।

शिविरमा योग शिक्षा दिँदै प्रमुख प्रशिक्षक डाक्टर योगि विकासान्दले स्वास्थ्यलाई स्वस्थ्व राख्न नियमित योग ,खानपिनमा ध्यान ,नियमित स्वस्थ्य परिक्षण तथा धुम्रपान तथा मध्यपान सेवन नगर्न सुझाव दिनुयभयो ।

मन्त्री पुन मगर ,प्रदेश सांसद सदस्य विनोद केसी,जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी ,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, उपमेयर सन्जु बरुवाल लगायत जिल्लाका विभिन्न संघ संस्थामा आवद्ध प्रतिनिधिहरुले शिविरमा सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार