दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनामा लगानीको आह्वान

बेनी आइतबार फागुन १९ गते ।
म्याग्दीको मालिका गाउँपालिकामा निर्माण सुरु भएको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजना यस क्षेत्रको लागि विकासको आधार र लगानीको अवसर रहेकोमा जोड दिईएको छ । आयोजनाको प्रवद्र्धक धौलागिरि कालिका हाईड्रो लिमिटेड कम्पनीले शनिवार बेनीमा आयोजना गरेको ‘सामुहिक लगानी सेमिनार’ मा सहभागी सरोकारवालाहरुले सो कुरा बताएका हुन् ।

सेमिनारको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद विनोद केसीले आयोजनाले यस क्षेत्रका जनतालाई लगानी र रोजगारिको अवसर सिजर्ना गरेको बताउनुभयो । उहाँले म्याग्दी जलविद्युतमा अत्यधिक सम्भावनायुक्त रहेको क्षेत्र रहँदा समेत अहिलेसम्म जलविद्युतबाट यथेष्ट लाभ लिन नसकिरहेको बताउँदै प्रवासमा रहेका जिल्लाबासीको नेतृत्वमा जलविद्युत आयोजना निर्माण सुरु हुनुले सकरात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।

‘‘गण्डकी प्रदेश सरकारले जलविद्युत, पर्यटनलाई उच्च प्राथमिकता दिएको छ, अहिले जलविद्युतको क्षेत्रमा प्रकृयागत झण्झटले लगानीकर्ताहरु उत्साहित बन्न सकिरहेका छैनन्, हामीले आयोजनाहरुमा आईपर्ने समस्याहरुलाई हल गर्न र प्रकृयागत झण्झटलाई हटाउन निरन्तर ताकेता गरिरहेका छौँ’’– सांसद केसीले भन्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले म्याग्दीमा रहेका म्याग्दी, कालिगण्डकी र रघुगंगा कोरिडोर संगै अन्य खोलानालाबाट विद्युत उत्पादनको उच्च सम्भावना रहेकाले यस क्षेत्रमा लगानी अवसर रहेकोमा जोड दिनुभयो ।

नेकपाका नेता हरिकृष्ण श्रेष्ठ, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले विभिन्न आरोह अवरोह पार गरेर निर्माण चरणमा प्रवेश गरेको दरबाङ म्याग्दीखोला जलविद्युतलाई निर्धारित समयमै सम्पन्न गराउनुपर्ने बताउनुभयो ।

साथै उहाँहरुले यस आयोजना लगानी र रोजगारिको लागि अवसरको रुपमा आएको बताउँदै आयोजनालाई सफल बनाउन सबै सरोकारवालाहरुले रचनात्मक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कम्पनीका अध्यक्ष विनोद कुँवरले विदेशमा रहेका म्याग्देली र नेपालीहरुले आर्जन गरेको पुँजी र शिपलाई स्वदेशमा उत्पादनमुलक क्षेत्रमा उपयोग गर्ने उद्देश्यले जलविद्युत आयोजना निर्माण सुरु गरेको बताउनुभयो । आयोजनाको लागि स्थानीय स्तरमा रहेको पुँजीलाई समेत उपयोग गर्न सबै प्रभावित क्षेत्रका बासिन्दा संगै म्याग्दीबासीलाई लगानी गर्न उहाँले आह्वान गर्नुभयो ।

‘‘ हामी आयोजनालाई मितव्ययि तवरले सम्पन्न गर्ने जमर्कोमा जुटेका छौँ, आयोजना निर्धारित समयमै सम्पन्न हुन्छ, वन लगायतका केही प्रकृयागत झण्झटले निर्माण कार्यले गति लिन नसकेको हो, अब छिट्टै सुरुङमार्ग लगायतको पूर्वाधार निर्माणकाम सुरु हुन्छ, ढुक्क भएर लगानी गर्नुहोस’’–अध्यक्ष कुँवरले भन्नुभयो ।

सो कार्यक्रममा कम्पनीले आयोजनाको प्रगति विवरण संगै लगानीको अवसरको बारेमा समेत जानकारी गराएको थियो । कम्पनीका प्रवन्धक निर्देशक हर्कमान घर्तिमगरले आगामी साढे ३ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माण सुरु भएको आयोजना निर्माणमा ५ अर्ब १५ करोड लागत अनुमान गरिएको जानकारी दिनुभयो । ३० प्रतिशत संस्थापक र साधारण सेयर तथा ७० प्रतिशत विक्तिय संस्थाको लगानीमा आयोजना निर्माण गरिने तयारी भएको छ ।

आयोजनामा सानिमा बैँकको अगुवाईमा प्रभु ,कुमारी , सेञ्चुरी, महालक्ष्मी, मुक्तिनाथ र ओम डेभलपमेण्ट बैँकसंग वित्तिय व्यवस्थापनको लागि सम्झौता भैसकेको छ । आयोजनाले दरबाङको छेरछेरमा साईट कार्यालय निर्माण गरिरहेको छ । आयोजनाको सुरुङमार्ग जाने तोलाबाङदेखि दुखुबेसी जाने सडक फराकिलो बनाउने काम सुरु भएको छ । छेरछेरैमै कर्मचारी आवास भवनगृह समेत निर्माण गर्ने तयारी गरिएको छ ।

सडकको ट्याक निर्माण र रुख कटानको प्रकृयालार्य टुंगाएर छिट्टै सुरुङमार्ग सुरु हुने कम्पनीले जनाएको छ ।
आयोजना निर्माणको लागि विहितगृह रहने रातोढुंगामा १६ रोपनी जग्गा अधिकरण गरिसकिएको छ भने सुरुङ क्षेत्रमा पर्ने दुखुबेसी लगायतको ठाउँमा आबश्यक जग्गा अधिकरणको काम भैरहेको छ ।

मालिका गाउँपालिका–७ बिम , वडा नम्बर ५ देविस्थान र धौलागिरि गाउँपालिका–७ को धारापानीको सिमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने सो आयोजनाको साढे ५ किलोमिटर सुरुङ मार्ग रहनेछ । सुरुङमार्ग हुँदै ल्याईने पानीलाई १ सय मिटर हेडबाट दुखुबेशी ९बलौटे०मा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछ ।

गैरआवासीय नेपाली संघ –एनआरएनए० दक्षिण कोरियाका पूर्व अध्यक्ष एवम म्याग्दी प्रवासी नेपाली संघका पूर्व बरिष्ठ उपाध्यक्ष कुँवरको नेतृत्वमा निर्माण गर्न लागिएको आयोजनामा स्थानीयबासीसंगै प्रवासीहरुलाई समेत लगानीको लागि आह्वान गरिएको छ ।

यस आयोजनाबाट उत्पादन हुने विद्युतलाई बिमको डाडाँखेतमा निर्माण हुन लागेको सब स्टेशन मार्फत केन्द्रिय प्रशारणमा जोडिनेछ । नेपाल विद्यूत प्राधिकरणसंग विद्युत खरिद विक्रि सम्झौता भैसकेको छ । हिउँदको चार महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्षायामको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा विद्युत खरिदविक्रि हुने सम्झौता भएको छ । कम्पनीका अध्यक्ष कुँवरको अध्यक्षतमा भएको कार्यक्रममा जिल्लामा रहेको विभिन्न स्थानीय तहका जनप्रतिनिधि, उद्योगी व्यवसायि, अगुवा एवम सरोकारवालाहरुको सहभागीता रहेको थियो भने सञ्चारकर्मी हरिकृष्ण गौतमको सञ्चालनका कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार